Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

उर्लाबारी ।  धिमाल समुदायको प्रमुख सांस्कृतिक पर्व ‘सिरिजात’ (जातिरी) को समापन भएको छ । सोमवार मोरङको उर्लाबारी ३ स्थित धिमाल जातीय विकास केन्द्रको मुख्यालयमा कार्यत्क्रम सम्पन्न भएको हे । कार्यक्रमको उद्घाटन संघीय सांसद डिगबहादुर लिम्बूले गर्नुभयो । उहाँले “धिमाल को हुन् भन्ने परिचय स्थापित गर्नु आजको आवश्यकता रहको बताउनु भयो । उहाँले मोरङको लेटाङमा रहेको राजारानी क्षेत्रमा सहयोग गरेको उल्लेख गर्दै  यो परियोजना स्थलमा संग्रहालय निर्माणका लागि आगामी वर्ष २०८३/८४ मा बजेटविनियोजनको प्रतिवद्धता ब्यक्त गर्नुभयो । राजनीतिक स्थायित्वका लागि गरिएको एकता सही मार्गमा अगाडि नबढेको स्पष्ट पार्दै उहाँले मिश्रित निर्वाचन प्रणालीको आवश्यकता औंल्याउनु भयो । “विदेशबाट फर्किएका युवासँग सहकार्य गर्न चाहने बताउँदै उहाँले  “गाली मात्रै  गरेर समस्याको समाधान नहुने उल्लेख गर्नुभयो । युवाहरूले सामाजिक सञ्जालमार्फत सुझाव दिनुपर्छ, गाली हेइन । उहाँले कोशी प्रदेशको मोरङको १ नम्बर निर्वाचन क्षेत्रमै १ अर्बभन्दा बढी बजेट विनियोजन भएको जानकारी दिनुभयो । विशिष्ट अतिथि संविधानसभा सदस्य नगेन्द्र धिमालले मन्तव्य राख्दै भने, “पहिचानसहितको संघीयता र हाम्रो आवाज दबाउने काम लिम्बू–राई दाजुहरुबाट भएको बताउनु भयो । उहाँले लेटाङको ऐतिहासिक धिमाल दरबारको स्मरण गर्दै त्यहाँ धिमालको प्रतिमा राख्न आह्वान गर्नुभयो । प्रदेश सांसद नम्बर लाल धिमालले धिमाल संस्कृतिलाइर संरक्षण गर्न जोडदिनुभयो । कार्यक्रममा दमक नगर प्रमुख राम थापा, नेपाली कांग्रेस उर्लाबारी नगर सभापति सुरेन्द्र लिम्बू ,उर्लाबारी वडा नं. ३ का अध्यक्ष भिष्मराज बुढाथोकीले बोल्नु भएको थियो ।

धिमाल समुदायकै पहिलो महिला रिक्सा चालक फूलमाया धिमाल विशेष रहेको कार्यक्रममा  संस्थाका राष्ट्रिय सभा सभापति लोकबहादुर धिमाल ,संविधानसभा सदस्य उषा गुरुङ,उर्लाबारी नगर प्रमुख गंगाप्रसाद खरेल लगायतको उपस्थिति थियो ।

कार्यक्रममा धिमाल समुदायकी पहिलो डाक्टर सुजना धिमाललाई युवा प्रतिभा पुरस्कार प्रदान गरेर सम्मान गरिएको थियो। सल्लाहकार मोहन धिमालले मन्तव्य राख्दै युवालाई उद्यमशीलता र नेतृत्वमा अगाडि ल्याउन संस्थाको प्रतिबद्धता दोहोर्याए।

१०७ टोल सहभागितामा ढोल प्रतियोगिता, एकल गीत तथा सांगीतिक धमाल नृत्य प्रस्तुत गरिएको यो समापन समारोह धिमाल समुदायको सांस्कृतिक जागरणको महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ।  कार्यक्रमका केन्द्रका अध्यक्षा  अमरबहादुर धिमालको सभापतित्वमा भएको थियो ।

 

 

 

 

 

 

 

 

 

 



Share via
Send this to a friend