Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

हरिप्रसाद कोइराला,
पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे १ की २२ वर्षीया रिजु भट्टराईले यस वर्षको मिस ग्लोब २०२५ अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने हुनु भएको छ । प्रतियोगिता युरोपको अल्बानियामा आगामी सेप्टेम्बर २५ देखि अक्टोबर १५ सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विश्वका ६० भन्दा बढी देशका(सुन्दरी) प्रतियोगीहरू सहभागी हुनेछन् ।
गत फागुनमा भएको राष्ट्रिय प्रतियोगिताबाट छनोट हुँदै रिजु मिस ग्लोब २०२५ का लागि छनौट हुनु भएको हो । प्रतियोगिताका लागि फागुन ३ मा अडिसन सुरु भएको थियो भने वैशाख २४ मा यसको फाइनल छनौट सम्पन्न भएको थियो । सातै प्रदेशमा अडिसन गरिएपछि अन्तिम चरणमा पुगेका २५ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै रिजुले ‘मिस ग्लोब नेपाल २०२५’ को उपाधि जित्नु भएको थियो । रिजुले यसअघि पनि विभिन्न सौन्दर्य प्रतियोगितामा उपाधिको ताज लगाइसक्नु भएको छ । सन् २०१९ मा ‘मिस पथरी’ को उपाधि जित्नु भएकी रिजुले २०२१ मा ‘मिस पूर्वाञ्चल’ को उपाधि जित्नु भयो । सौन्दर्य कला सँगै पढाईमा पनि उत्तिकै तेज रिजुले भरखरै रसायनशास्त्रमा स्नातक तहको पढाई सक्नु भएको छ । भविष्यमा रसायनशास्त्रमै स्नातकोत्तर र विद्यावारिधिसम्मको अध्ययन गर्ने लक्ष्य राख्नु भएकी रिजु भन्नुहुन्छ – अन्तर्राष्ट्रिय मञ्चमा नेपालको झन्डा फहराउने दृढ विश्वासका साथ तयारी गरिरहेकी छु ।
हालसम्म नीजि खर्चमा तयारी गरिरहनु भएकी रिजुले थप्नुभयो – हाम्रो जस्तो देशमा सौन्दर्य प्रतियोगितालाई खासै महत्व दिइदैन । तर, ग्रामीण क्षेत्रबाट उठेर यहाँसम्म आई पुग्न पनि निक्कै संघर्ष गर्नु परेको रिजुले सुनाउनु भयो ।



Share via
Send this to a friend