Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

पथरीशनिश्चरे । गत वर्षको उप विजेता समेत रहेको काठमाडौंको सङ्कटा क्लबलाई १–० गोलले हराउँदै पाँचथर क्लब मोरङको पथरीशनिश्चरेमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरीशनिश्चरे गोल्डकप २०८२ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
पथरी रङ्गशालामा सोमबार भएको खेलको दोस्रो मिनेटमा नै पाँचथर क्लबका विशाल घलानले उत्कृष्ठ गोल गर्दै टिमलाई अग्रता दिलाउनु भयो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा पाँचथरले पटक पटक पोष्टमा आक्रमण गरे पनि सङ्कटाका गोल रक्षक टिकेन्द्र थापाले अग्रता दोब्वर हुन दिनु भएन । अफ्रिकन मुलका खेलाडी मैदानमा ओरालेको सङ्कटा र पाँचथर बिचको खेलमा सोमबार रेफ्रि मनिष अधिकारी आठ वटा पहेँलो कार्ड प्रयोग गर्नुभयो ।
आजको खेलमा निर्णायक गोल गर्ने पाँचथर क्लबका विशाल घलान म्यान अफ द म्याच घोषित हुँदै नगद र ट्रफि प्राप्त गर्नुभयो । उहाँलाई कोशी प्रदेश फुटबल सङ्घका उपाध्यक्ष्ँ खड्गबहादर श्रेष्ठले उपाधि र नगद प्रदान गर्नुभयो । मङ्गलबार झापा –११ र एनआरटी (न्युरोड फुटबल क्लब) बिच खेल हुनेछ ।



Share via
Send this to a friend