पथरीशनिश्चरे । आयाेजक पथरी -११ फुटबल क्लब एनआरटी काठमाडौंलाई १-० गाेलले हराउँदै दोस्रो इन्ट्रा पथरीशनिश्चरे गाेल्डकप फुटबल प्रतियोगिता २०८२ काे फाइनलमा प्रवेश गरेको छ ।
खेलकाे २५ ओैं मिनेटमा आयाेजक पथरी ११ फुटबल क्लबका साैर्य राउतले गरेको एकमात्र निर्णायक गाेलले पथरीकाे फाइनल यात्रा तय भएको हाे ।
साैर्यले झण्डै २५ यार्डबाट प्रहार गरेको बलले सिंधै जालि चुमेकाे थियाे ।
थप भएको अतिरिक्त समयमा एनआरटीका विवेक गुरुङ दाेहाेराे पहेँलो कार्ड पाएर बाहिरिनु भयाे ।अत्यन्त उत्कृष्ट खेल खेलेको एनआरटी अन्तत पथरीकाे घरेलु टिमसँग पराजित हुँदै घर फर्कियाे ।
बिहीबारको खेलमा निर्णायक गाेल गर्ने साैर्य राउत म्यान अफ द म्याच घाेषित हुँदै पुरस्कृत हुनुभयाे ।
शनिवार आयाेजक पथरी ११ फुटबल क्लबले सिराहाकाे सलहेश फुटबल क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

























