उर्लाबारी,९ असोज । मोरङको बिराटनगर –रङ्गेली सडक खण्ड अन्तर्गत कटहरीमा सवारी दुर्घटना हुँदा एक जना सरकारी कर्मचारीको मृत्यु भएको छ ।
पश्चिम दिशाबाट पूर्व तर्फ आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगङ्गा १ का ३६ वर्षीय चन्द्रमणि अधिकारीको घटनास्थल मै मृत्यु भएको हो ।
विराटनगरबाट कहहरीतर्फ आउँदै गरेको प्रदेश १–०५–००१ ख ००७७ नम्बरको ट्रकले को १३ प ३० नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतक अधिकारी सोराभाग इलाका हुलाक कार्यालयका कर्मचारी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ । ।






