Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

रतुवामाई । मोरङको रतुवामाई नगरपालिकाले आन्तरिक आम्दानी नभएका नगर क्षेत्र सामूदायिक विद्यालयले खपत गर्ने विद्युत महसुल भुक्तानी गर्न राहत रकम उपलब्ध गराएको छ ।
नगरका आठ वटा माध्यमिक विद्यालय र २७ वटा आधारभुत विद्यालयको आन्तरिक आम्दानी नभएका कारण विद्युत महसुल भुक्तानीमा समस्या भएपछि नगरले यो ब्यवस्था गरेको हो । नगरपालिकाका शिक्षा शाखा प्रमुख रविन्द्र पण्डितले आठवटा माध्यमिक विद्यालयलाई वार्षिक २० हजार रुपियाँ र २७ वटा आधारभूत विद्यालयलाई वार्षिक १४हजार रुपियाँ राहत स्वरुप सहयोग गरिएको जानकारी दिनुभयो । नगरका पाँच वटा मावि र एउटा आधारभुत विद्यालयको आन्तरिक आम्दानी देखिएकोले ति विद्यालयले यो सुविधा पाएका छैनन् ।
लामो समय माध्यमिक विद्यालयको प्रधानाध्यापक भएर सेवा निवृत हुनु भएका नागेश्वरप्रसाद सिंह गनगाई हाल नगरको प्रमुख हुनुहुन्छ । उहाँले सरकारी विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि हुन नसक्नुको कारण प्रविधि मैत्री बन्न नसकेर भएको बताउनु भयो । नगरले विद्युतबाट सञ्चालन हुने शैक्षिक सामग्री दिन्छ,तर विद्यालय विद्युत महसुल तिर्न नसकेर ति सामग्री सञ्चालन गर्न सक्दैनन् । नगर प्रमुख सिहले विद्यार्थी कम भएका विद्यालय एकीकरण गर्ने योजना रहेको बताउनु भयो ।



Share via
Send this to a friend