Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}
 कानेपाेखरी १० असाेज । मोरङको कानेपोखरी -३ सलबले चाैकमा आधारभुत स्वास्थ्य सेवा केन्द्र निर्माण  हुने भएको छ । बुधबार एक समारोहका बीच गाउँपालिका अध्यक्ष राजमति इङ्नाम,उपाध्यक्ष भाेलाप्रसाद अधिकारी ,प्रमुख प्रशासकीय अधिकृत विष्णुकुमार थेगुवाले संयुक्तरूपमा आधारभुत स्वास्थ्य सेवा केन्द्रकाे भवन शिलान्यास गर्नुभयाे ।
सलबले चौक पश्चिम स्थानीय मोहनप्रसाद खतिवडाले नि :शुल्क जग्गादान गरेपछि साेही जग्गामा सुविधा सम्पन्न आधारभुत स्वास्थ्य सेवा केन्द्र निर्माण प्रक्रिया सुरु गरिएको हाे । बिगतमा नै बनिसक्नुपर्ने भए पनि केहि समस्याले ३ नं.वडामा ढिला भएको अध्यक्ष राजमती इङ्नामले बताउनुभयो यस्तै उहाँले यो स्वास्थ्य  केन्द्र वडाको मध्यभागमा रहेकाले वडाका सम्पुर्ण वासिन्दाको लागि पायक पर्ने बताउनुभयो ।कानेपोखरी ३ बाहेक सम्पुर्ण वडामा स्वास्थ्य केन्द्रहरु निर्माण भै सकेका छन । सङ्घीय सरकार अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ५२ लाख ३ हजार ३सय ६७ रुपैयाँकाे लागतमा आधारभुत स्वास्थ्य कार्यालय निर्माण हुन लागेको इन्जिनियर रञ्जन निरौलाले जानकारी दिनुभयो ।
भिमेश्वर कन्स्ट्रक्सन, विराटनगरले निर्माण गर्न लागेको भवनको २०८१ काे असार मसान्तसम्ममा निर्माण कम्पनीले गाउँपालिकालाई हस्तान्तरण गर्नु पर्नेछ । कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष गाेपालबहादुर कार्की लगायतकाे उपस्थिति थियोे ।



Share via
Send this to a friend