विराटनगर १२ असाेज ।विश्व मुटु दिवस २९ सेप्टेम्बरको अवसरमा काेशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीकाे उपस्थितिमा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले शुक्रबार जनचेतनामुलक
प्रभातफेरी कार्यक्रमकाे आयाेजना गरेको छ ।
प्रभातफेरी कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधी, विराटनगर महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रतिनिधी, कोशी अस्पतालका चिकित्सक समुह लगायतका महानुभावहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रमको तयारी र समन्वयमा मुटुरोग विभाग सम्पूर्ण टिम, नोवेलका कर्मचारीहरु र रोट्र्याक्ट नोवेलका विद्यार्थीहरुको विशेष भुमिका रहेको थियो । प्रभातफेरी विराटनगर स्थित महेन्द्रचोकबाट सुरु भई तीन पैनी चोकमा पुगी कोण सभा गरेर टुंगिएको थियो । प्रभातफेरी कार्यक्रमका मार्गहरुमा नेपाल प्रहरी तथा ट्राफिक प्रहरीहरुले सहजीकरण गरेका थिए ।







