Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

 विराटनगर / झापा निवासी एक मिर्गौला फेल भएका बिरामी लामो समयदेखि आर्थिक अभाव र जटिल स्वास्थ्य समस्यासँग संघर्ष गरिरहनु भएको थियो ।

 उपचार खर्च जुटाउन नसक्ने अवस्था आएपछि उहाँ र उहाँको परिवार “अब बाँचिन्छ कि बाँचिँदैन?” भन्ने चिन्ताले रातदिन पिरोलिन थालेका थियाे । तर, त्यही निराशाको बीचमा नेपाली कांग्रेसका नेता तथा समाजसेवी चिकित्सक डा. सुनिल कुमार शर्मा आशाको दीप बनेर आउनु भयाे ।

आर्थिक अवस्था अत्यन्त कमजोर भएका ती बिरामीका लागि डा. शर्माले निःशुल्क उपचारको व्यवस्था मिलाइदिनुका साथै उपचारको क्रममा कुनै समस्या नहोस् भनेर आवश्यक समन्वय गर्नुभयो। नियमित फलोअप र अस्पताल आउजाउका क्रममा बिरामी तथा परिवारलाई थप दुःख नहोस् भनेर बसोबासको व्यवस्था समेत गरिदिनुभएको छ।

परिवारका सदस्यहरूका अनुसार उपचारको आशा लगभग समाप्त भइसकेको अवस्थामा प्राप्त भएको यो सहयोगले बिरामीमा नयाँ जीवनप्रतिको भरोसा जगाएको छ। अहिले बिरामी नियमित उपचारमा रहेका छन् र स्वास्थ्य अवस्थामा सुधार देखिन थालेको बताइएको छ।

डा. शर्मा नेपाली कांग्रेसका नेता भए पनि उहाँले सहयोग गर्नुअघि कहिल्यै कसैको राजनीतिक आस्था सोध्नुहुन्न। गरिब, असहाय र उपचारको पहुँचबाट टाढा रहेका बिरामीलाई सहयोग गर्दा उहाँले न पार्टी हेर्नुहुन्छ, न त आफ्नो निर्वाचन क्षेत्रको मतदाता हो कि होइन भन्ने कुरा नै महत्व दिनुहुन्छ। मानवताको आधारमा सेवा गर्नु नै आफ्नो कर्तव्य भएको उहाँको धारणा रहने गरेको उहाँसँग नजिक रहेकाहरू बताउँछन्।

पछिल्ला वर्षहरूमा पनि डा. शर्माले देशका विभिन्न जिल्लाबाट आएका विपन्न बिरामीहरूको उपचार, औषधि व्यवस्थापन, शल्यक्रिया तथा आवास व्यवस्थापनमा सहयोग गर्दै आउनुभएको छ। उहाँको पहलबाट धेरै बिरामीले नयाँ जीवन पाएका छन् भने सयौं परिवारले कठिन परिस्थितिमा राहत महसुस गरेका छन्।

स्वास्थ्य सेवा सबै नागरिकको आधारभूत अधिकार हो भन्ने मान्यतालाई व्यवहारमा उतार्दै डा. सुनिल कुमार शर्माले गरिरहेको मानवीय सेवाले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ। राजनीतिक परिचयभन्दा माथि उठेर दुःखमा परेका नागरिकको जीवन बचाउने अभियानमा उहाँको सक्रियताले मानवता नै सबैभन्दा ठूलो धर्म भएको सन्देश दिएको छ।



Share via
Send this to a friend