Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

 काठमाडौं / नेपाली कांग्रेसका महासमिति सदस्य एवम्  प्रतिनिधि सभा सदस्य डाक्टर  सुनिल कुमार शर्माले सञ्चालन गर्दै आउनु भएको  निःशुल्क स्वास्थ्य शिविरबाट ७२३ जना लाभान्वित भएका छन् । काठमाडौंको जोरपाटी स्थित कुटुम्ब कलेज तथा स्कुलमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा काठमाडौं मेडिकल कलेजका दक्ष चिकित्सकहरुले ७२३ जनाको स्वास्थ्य परीक्षण गरेका हुन् ।

कुटुम्ब स्कुलको आयोजनामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ८९ जनाको इसिजी, १२२ जनाको ल्याब परीक्षण, १३१ जनाको भिडियो एक्सरे तथा १३ जनाको इको गरिएको केएमसीका प्रबन्धक तथा प्रमुख प्रशासकीय अधिकृत नारायण दाहालले जानकारी दिनुभयो । शिविरमा २२ जनाको दाँत खोलिएको छ भने, ३७ जनालाई थप उपचारका लागि केएमसी रेफर गरिएको छ ।

शिविरमा कलेजमा अध्ययनरत विद्यार्थीसँगै अभिभावक, शिक्षक शिक्षिकाहरुको स्वास्थ्य जाँच गरिएको थियो । मोरङ क्षेत्र नं. ३ का सांसद डाक्टर सुनिल शर्माले आम सर्वसाधारण नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने लक्ष्यका साथ निःशुल्क स्वास्थ्य शिविरको थालनी गर्नु भएको हो । उहाँको अभियानबाट देशभरका लाखौं गरिब, विपन्न तथा स्वास्थ्य सेवाको पहुँचबाट बाहिर रहेका नागरिक लाभान्वित भइसकेका छन् ।


 



Share via
Send this to a friend