Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

उर्लाबारी । मोरङको उर्लाबारीमा जारी उर्लाबारी कृषि तथा औद्योगिक महोत्सवको पाँचौं दिन मध्यरातमा दुर्गेश थापाले पुरै उर्लाबारीलाई जुरुक्कै उचाले । अरु दिन खासै चहल पहल नभएको उर्लाबारी महोत्सवमा मङ्गलबार साँझ दुर्गेश थापाले आफ्ना गीत पस्किने पालो थियो।
साँझ साडे सात बजे देखि दुर्गेससँगै गीतमा नाँच्न, गाउन र थुलो उडाउन दर्शकले कुरेका थिए । दर्शक माझ राति १० बजे मात्र दर्शक दिर्घाबाट मञ्चमा चढेका दुर्गशले दर्शक दिर्घालाई पुरै नचाए । आयोजकका अनुसार ५ हजार ५ सय दर्शक टिकट काटेर महोत्सव स्थलमा प्रवेश गरेका थिए । आयोजक, भिआईपी, स्टल राख्ने ब्यापारी,होटल ब्यावसायी, राजनीतिक दलका प्रमुख र सञ्चारकर्मी गर्दा थप दुई हजार दर्शक थिए ।


साँझको चिसो बिर्साउँदै थापाले करिब डेढ घण्टासम्म जोसिलो प्रस्तुति दिए । अनेकन विवादमा मुछिँदै र आलोचना खेप्दै आए पनि फ्यानहरूमा दुर्गेशको क्रेज नघटेको कार्यक्रमको माहोलले देखाइरहेको थियो ।स्टेजमा उद्घोषक हेमराज गुरुङले दुर्गेशको नाम लिनासाथ दर्शकले चर्को हुटिङका साथ स्वागत गरे । दुर्गेस मेरो नाम गाडिमा हिन्छ, कैले काहीँ त हेलिकप्टरमा पनि हिन्छ । दर्सकले हो मा हो मिलाए। उनले पुनः थपे बच्चाहरुले मात्र हैन बुढाहरुले पनि चिन्छ । दर्सककै मायाले यहाँ सम्म आईपुगेको बताउदै थापाले दुस्मन हेरेको हेरै गीत ३ करोड भ्युज पाउन सफल समेत सुनाउन भ्याए । ‘मेरो दुश्मन छन् धेरै, दुश्मन हेरेको हे¥र्यै’बोलको गीत गाउँदै स्टेजमा पुगेका थापाले महोत्सवमा आएका साडे सात हजार दर्शकको साथ पाएका थिए । उनले ‘नाच्नु पर्छ बीच बीचमा’, ‘कि दुर्गेश रेलमा कि दुर्गेश जेलमा’ ‘बम बम भोले भोले‘’, ‘यहाँ रिसको बेलामा’, लगायतका धेरै गीत गाएर महोत्सवमा उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए । स्टेज र मैदानसम्मै बालबालिदेखि किशोरयुवा, युवती नाचेका थिए । उनको प्रस्तुतिको बेला प्रहरी र आयोजकलाई दर्शक सम्हाल्न हम्मेहम्मे भएको थियो । दुर्गेशले फेसबुकमा उक्त महोत्सवका तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सेयर गरेका छन् ।
तस्विर पनि छन् ।



Share via
Send this to a friend