काठमाडौं, होस्टेल व्यवसायी संघ नेपाल, काठमाडौं जिल्ला कार्यसमितिले संघको साधारणसभा तथा विशेष अधिवेशन यही भदौ २१ गते आयोजना गर्ने निर्णय गरेको छ। यो निर्णय संघको साउन २३ गते सम्पन्न जिल्ला कार्यसमिति तथा क्षेत्रीय समितिको संयुक्त बैठकबाट गरिएको हो। कार्यक्रम सफल बनाउनका लागि आयोजक समिति गठन गरिएको छ। समितिको संयोजकको जिम्मेवारी जिल्ला अध्यक्ष हिक्कमत बहादुर थापालाई दिइएको छ। समितिमा सदस्यका रूपमा: जिल्ला सह-सचिव दिनेश बराल कोषाध्यक्ष डम्बर जोशी जिल्ला सदस्य भोला भण्डारी अर्जुन के.सी. शंखमुल क्षेत्रीय संयोजक महेन्द्र ओली तिनकुने क्षेत्रीय संयोजक रामु चापागाईं अनामनगर क्षेत्रीय संयोजक भुवन भेटवाल रहेका छन्। उक्त अधिवेशनमा संघको विगत गतिविधिको समिक्षा, आर्थिक विवरण, संगठन सुदृढीकरण र आगामी योजना निर्माणसम्बन्धी विषयहरूमा छलफल हुनेछ। संघले काठमाडौं जिल्लाभरिका सबै होस्टेल सञ्चालकहरूलाई कार्यक्रममा सहभागी भई योगदान गर्न अनुरोध गरेको छ।


























