
काठमाडौँ — चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित नारायणगढ–मुग्लिङ सडकखण्डको तुइन खोलामा माथिबाट खसेको ढुंगाले भारतीय नम्बर केए–४३६८५६ भएको ट्रकका चालकलाई गम्भीर चोट लागेको छ।
मुग्लिङतर्फ गइरहेको ट्रकका चालकको परिचय खुलाइएको छैन। राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगरका एसपी नरेश सुवेदीका अनुसार घाइते चालकलाई उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ।
घटनापछि ट्रक सडक किनारमा रोकिएको छ र दुईवटा क्रेनमार्फत उक्त ट्रक हटाउने कार्य भइरहेको छ।

























