Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

हरिप्रसाद कोइराला
पथरीशनिश्चरे । टाइब्रेकरमा झापा–११ फुटबल क्लबलाई ४–२ ले हराउँदै एनआरटी क्लब काठमाडौं मोरङको पथरी पथरीशनिश्चरेमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरीशनिश्चरे गोल्डकप २०८२ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
पथरी रङ्गशालामा मङ्गलबार भएको अन्तिम क्वाटरफाइनलमा निर्धारित ८० मिनेटको खेल गोल रहित बराबरीमा टुङ्गिएपछि अन्तिम निर्णय टाइब्रेकरबाट गरिएको हो । टाइब्रेकरमा एनआरटीक सरोज घिसिङ,सनम लिम्बू , आकास राई र रोहन खड्गीले गोल गर्नुभयो । झापा ११ बाट मैदानमा उत्रिएका नवयुग श्रेष्ठ र पूजन श्रेष्ठको प्रहार एनआरटीका गोल रक्षक प्रमिजय गच्छदारले बचाउनु भयो । झापाका प्रेम तामाङ र प्रदीप बुढाथोकीको प्रहार मात्र गोलमा परिणत भयो ।
आजको खेलमा एनआरटीका गोल रक्षक प्रमिजय गच्छदार म्यान अफ द म्याच घोषित हुनुभयो । उहाँलाई एन्फाका केन्द्य्रीय सदस्य दीपेन्द्र धिमालले ट्रफि र नगद पुरस्कार प्रदान गर्नुभयो ।
बुधबार पहिलो सेमिफाइनल खेल पाँचथर क्लब फिदिम र सलहेश फुटबल क्लब सिराहा बिच हुनेछ ।



Share via
Send this to a friend