Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

हरिप्रसाद कोइराला । जापानको कुमामोतो जिल्लास्थित खामीआमाकुशाको ओसिमा सेकिबुचुयामा नामक प्रतिष्ठानमा नेपाली मूर्तिकारहरूले विशाल चट्टानी पहरामा गौतम बुद्धको ६५ फिट अग्लो मुर्ति लगायतका मूर्तिहरू निर्माण गरिरहनु भएको छ।
सन् २०१६ को सेप्टेम्बरदेखि सुरु भएको यो परियोजनामा नेपाली कलाकारहरूको मात्र संलग्नता रहेको छ। मोरङको मिक्लाजङुका मुर्तिकार मञ्जुल मितेरीको नेतृत्वमा रहेको यो टोलीम नेपाली मूर्तिकार जीवन पौडेल, चतुरलाल राजवंशी, गणेश राई, रामकुमार राई, सुवास विश्वकर्माले साथ दिइरहनुभएको छ । उहाँहरू सातामा ६ दिन, दैनिक ८ घण्टा पहरोमा छिनोमाथि घन ठोकेर वुद्ध लगायत विभिन्न विश्व प्रसिद्धकलाहरू ढङु्गा माथि खोपिरहनु भएको छ । बिदेशी भुमिमा त्यो पनि खुल्ला आकाश मुनि काम गर्न धेरै कठिन छ । घामपानी, हावाहुरी र थुप्रै सङ्कटको सामना गरिरहनुभएका नेपाली कलाकारहरू जापान जानु रहर नभई बाध्यता भएको बताउनुहुन्छ । टोली प्रमुख मञ्जुलले भन्नुुभयो–‘ स्वदेशमा रोजगार छैन ।मुर्तिकला क्षेत्र सम्मानित छैन । आफूले प्राप्त गरेको डिग्री अनुसार रोजगार पाइन्न ।’
नेपालबाट जापानमा कलाकारकै रुपमा पुुगेर यसरी लामो समयसम्म काम गर्ने मञ्जुलको टोली नै पहिलो हो ं। नेपाली भए पनि जापान सरकारले उहाँहरूलाई उच्च सम्मानका साथ काम दिएको छ । मञ्जुलले भन्नुभयो –‘हामीले जापानमा नेपाली ललितकलाको गरिमा र बुद्ध नेपालमा जन्मनुभएको ऐतिहासिक तथ्य उजागर गर्न पाएका छौं ।’ जापानमा वुुद्ध नेपालमा जन्मिएका हुुन भन्ने तथ्य स्थापित गर्न सकेका छौं । उहाँले भन्नुुभयो ।
सामान्य पारीश्रमिक भए पनि उहाँहरू आफ्नो कलाकारितामा खिया लाग्न नपाएकोमा खुसी हुनुहुन्छ । मन्जुल भन्नुहुन्छ ‘ आफ्नो देशमा यसरी लगातार नौ वर्ष सम्म निरन्तर काम गर्न पाइने थिएन। यो कामले सीप खारिएको मात्र छैन ।नेपाली मुर्तिकारको परिचय संसारभर पुगेको छ । संसारभरका पर्यटकले नेपाली कलाकारले पहारामा खोपेका मुर्तिहरू मन पराइदिँदा छाति फुल्छ,गर्वानुभुति हुन्छ ।

बुद्धको शान्ति सन्देश र नेपाली कलालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने यस योजनाले नेपाल र जापानबिचको सांस्कृतिक सम्बन्धलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ।
वुद्ध मुर्तिका अतिरिक्त मितेरीले पहरामा ४० फुटका २ वटा र २० फुटका चार वटा मुर्ति निर्माण गरिसक्नुभएको छ । सो मुर्तिको भव्य उद्घाटन सन् २०२६ मा गर्ने तयारी भइरहेको छ । यसलाई जापान सरकारले विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गरिरहेको छ ।
२०७२ मा ५० हजार नगद सहितको राष्ट्रिय युवा प्रतिभा पुरस्कार र २०८० सालमा प्रादेशिक प्रतिभा पुरस्कार लगायत दर्जन बढी पुरस्कार र सम्मान प्राप्त गरेपनि आफ्नो कलाको मूल्य नपाउँदा मितेरी निरास हुनुहुन्छ । मितेरीले संस्कृति विषयमा स्नातकोत्तरसम्म अध्ययन गर्नु भएको छ । उहाँ भन्नुहुन्छ–ढुङ्गामा कला भर्ने सीप सिकें । संस्कृतिमा डिग्रीसम्मको अध्ययन गरें । स्वदेशमा न कलाको सम्मान छ, न पढाई अनुसार जागीर पाइन्छ ।’जापानमा उहाँ दैनिक ८ घण्टा हम्मरले ढुङ्गा माथि छिनो लगाउनु हुन्छ ।र दैनिक १५ हजार नेपाली रुपियाँ कमाउनु हुन्छ । ‘काम कठिन होइन, तर विदेशी भुमिमा आफ्नो सिर्जना बेच्नु पर्दा मन अमिलिन्छ,पीडा बोध हुन्छ । र जीवन बाँच्नका लागि सीप बेच्नै पर्ने रहेछ।’ा



Share via
Send this to a friend