उर्लाबारी । मोरङको उर्लाबारी –५ स्थित अरनिको अस्पतालको शौचालयमा सालनाल सहितको नवजात शिशु फेला परेको छ । शिशु जन्माएर आमा भने वेपत्ता भएकी छिन् ।
शौचालयमा फेला परेको नवजात शिशु प्रहरीको समन्वयमा उद्दार गरी उपचारका लागि दमक स्थित कियोच अस्पतालमा पठाइएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रञ्जन बरालले एन्जल फाउण्डेसन उर्लाबारीको निगरानीमा शिशुको उपचार भइरहेको जानकारी दिनुभयो । प्रहरी निरीक्षक बरालले शिशु जन्माउने आमाको खोजि भइरहेको बताउनु भयो । अनुसन्धान भइरहेको छ, आमाको नजिक पुगिसकेका छौं, उहाँले भन्नुभयो ।






