Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

उर्लाबारी, ९ असोज । मोेरङको उर्लाबारीमा विश्व बैंकको सहयोगमा ५दशमलव २७६ किलोमिटर सडक कालोपत्रे गरिने भएको छ । ५ अघि नै विश्व बैंकले नगरको सडक सञ्जाल बिस्तारका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेको थियो । तर, कोरोना माहामारी र आन्तरिक विबादका कारण सडक निर्माण प्रक्रिया अघि बढ्न सकेको थिएन ।
१ महिना अघि शिलान्यास गर्न तयारी गरिएको उक्त आयोजना नगर प्रमुख अनुुपस्थित भएपछि रोकिएको थियो । आइतबार स्थानीय उपभोक्ता,सरोकारवाला, नगरपालिका र दलहरूबीच सहमति भएपछि उर्लाबारीका नगर प्रमुख गङ्गाप्रसाद खरेलले सडकको शिलान्यास गर्नु भएको छ । सडकले पूर्व पश्चिम राजमार्गको उर्लाबारी–३ स्थित कृष्णचौकलाई उर्लाबारी २ को सुनझोडासँग जोड्ने छ ।
३६ करोड १२ लाख ४३ हजार ६१६ रुपियाँमा निर्माण हुने सडक २०७९ फागुन २१ गते निर्माण सम्झौता भएको हो । भारतको सिपेल इन्फ्रा हैदरावालले ग्लोवल टेण्डर मार्फत निर्माणको जिम्मा पाएको छ । तर, सिफलले उर्लाबारीको तुम्रोक कन्ट्रक्सनलाई काम गर्न दिएको बताएको छ । सिफलका नेपाल प्रतिनिधि राजेन्द्र कुमारले स्थानीय निर्माण कम्पनीलाई काम गर्न दिँदा सहज हुने भएकोले सडक निर्माणको जिम्मा दिएको बताउनु भयो ।

 


नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौलाले २०८२ सालको असार मसान्तमा निर्माण सम्पन्न हुने सडकको चौडाई ५ दशमलव ५ मिटर देखि अधिकतम ७ मिटरसम्म रहने बताउनु भयो । सडकमा साइकल लेन दुबैतर्फ १ दशमलव २ मिटर ,नाला र फुटपाथ १ दशमलव ८ मिटर,टिक ड्रेन शुन्य दशमलव २५ मिटर हुनेछ ।
उर्लाबारी कै गौरवको आयोजनाका रुपमा लिएको यो सडकमा ५० वाटका ५२६ वटा सडक बत्ती २०÷२० मिटरमा राखिनेछ ।१०÷१० मिटरमा वृक्षारोपण गरिने छ । जहाँ १ हजार ४७ वटा बिरुवा रोपिनेछ । सडकमा पाइप कल्भर्ट ४० वटा र बक्स कल्भर्ट २ वटा रहनेछन् ।४० स्थानमा जेब्रा क्रसिङ राखिनेछ ।
प्रारम्भिक चरणमा ११ मेट्रिन टन रड आवश्यक पर्ने अनुमानित लागत भएपनि हाल ३०१ मेट्रिक टन फलामे रड आवश्यक पर्ने देखिएकोले लागत रकम ५ करोड ३ लाख ५३ हजार २२८ रुपियाँ थप खर्च लाग्ने भएको छ । थप खर्च समेत जोड्दा आयोजनाको कुल रकम ४१ करोड १५ लाख ९६ हजार ८४४ रुपियाँ पुगेको छ । थप रकमका विषयमा विश्व बैंकले सहमति जनाइसकेको छ ।
निर्माण क्षेत्र समयमा खाली गर्न स्थानीयले सहयोग गरे १६ महिनामा सडक जिम्मा लगाउने निर्माण कम्पनी तुम्रोक कन्ट्रक्सनका सञ्चालक अर्जुन तुम्रोकले बताउनु भयो ।



Share via
Send this to a friend