Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

 बेलबारी / राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा संस्था दर्ता सम्बन्धी एकदिने तालिम  आइतबार सम्पन्न भएको छ। तालिममा मोरङ जिल्लाका व्यवस्थापन प्रमुखसहित ३६ जनाको सहभागिता रहेको थियो।

 जिल्ला बचत तथा ऋण सहकारी संघ लि. माेरङले आयाेजना गरेको तालिम संघका  वरिष्ठ उपाध्यक्ष तथा शिक्षा तालिम उपसमिति संयोजक एकराज निरौलाकाे अध्यक्षतामा भएको थियो । कार्यक्रममा सचिव जीवन बस्नेत र सहसचिव युवराज दाहालको उपस्थिति थियो।

तालिमको सहजीकरण वरिष्ठ उपाध्यक्ष एकराज निरौला, कार्यक्रम अधिकृत रामकुमार दाहाल तथा कार्यालय सहायक यामनाथ निरौलाले गर्नुभएको थियो ।

पछिल्लो समय राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य काराेवार गर्ने सहकारी संस्थालाई प्राधिकरणमा दर्ता हुन आह्वान गरेको छ । प्रारम्भिक संस्थालाई ताेकिएकाे समय भित्र दर्ता गर्न बचतले तालिमका माध्यमबाट सहजीकरण गरेको हाे । तालिम जिल्ला बचत संघकाे तालिम कक्षमा भएको हाे ।



Share via
Send this to a friend