Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाद्वारा सञ्चालित १५ शैयाको कानेपोखरी अस्पतालले आफ्नै नयाँ भवनबाट सेवा शुभारम्भ गरेको छ ।
अस्पताल प्रशासन प्रमुख रोहिन्द्र राजभण्डारीले गत मङ्सिर २६ गते देखि अस्पतालले नयाँ भवनबाट सेवा शुभारम्भ गरेको जानकारी दिनुभयो । सङ्घीय सरकारको ८ करोड ५० लाख रुपियाँमा निर्माण भएको अस्पताल काठमाडौंको प्रतिष्ठा के एन केडी जेभिले निर्माण गरेको हो । तत्कालिन बयरवन स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी १५ शैयामा विस्तार गरिएको कानेपोखरी अस्पताललाई नयाँ भवनमा सरेपछि जनशक्ति, उपकरण र प्रविधिको अभाव भएको छ । अस्पतालका प्रशासन प्रमुख राजभण्डारीले भन्नुभयो – थाइराइड परिक्षण सहितको ल्याव सेट,वायो क्यामेष्ट्रीबाट सञ्चालन हुँदै आएको अस्पतालले आधुनिक एक्सरे मेसिन ल्याइसकेको छ । दुई तले सुविधा सम्पन्न भवन निर्माण भएपनि साविकको भवनका सबै सामग्री र उपकरण भुई तलामा राख्न पुगेनन । अस्पताललाई आवश्यक पर्ने उपकरण खरिद गर्ने हैषियत अस्पतालसँग छैन् । राजभण्डारीले प्रदेश र सङ्घीय सरकारसँग उपकरण मागका लागि पहल भइरहेको जानकारी दिनुभयो ।
दैनिक ३ सय विरामीलाई उपचार सेवा दिइरहेको कानेपोखरी अस्पतालमा गाउँपालिकाले आफ्नै स्रोतबाट दुई जना मेडिकल अधिकृत राखेर सेवा प्रवाह गरिरहेको छ । दैनिक अल्ट्रासाउण्डको सेवा समेत दिइरहेको अस्पतालका प्रमुख डाक्टर अभिजित खड्काले भन्नुभयो –‘ अस्पतालबाट विशेषज्ञ सेवा प्रदान गर्न कम्तीमा ४÷५ करोड रुपियाँका उपकरण र केही विशेषज्ञ चिकित्सक आवश्यक पर्छ । हाल पालिकाले आफ्नै स्रोतबाट डाक्टर,स्वास्थ्य प्राविधिक र फार्मेसी सञ्चालन गरिरहेको छ ।



Share via
Send this to a friend