कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका कार्यालयले जेठ १३ गते मङ्गलबार पालिका भरि सार्वजनिक बिदा दिने भएको छ ।
किरात राई समूदायको सबैभन्दा ठूलो चाड साकेला सिली उभौलि पर्वको मङ्गलबार समापन गरिने भएकोले उक्त दिन बिदा दिने निर्णय भएको पालिकाले सार्वजनिक सूचना प्रकाशन गरी जानकारी गराएको छ । किरात राई यायोक्खा मोरङ र प्रारम्भिक इकाई समितिले संयुक्त रुपमा कानेपोखरी –७ को आइतवारेमा संयुक्त रुपमा साकेला शिली मनाउँदै आएका छन् ।राईहरूको बसोवास रहेका जिल्लाका विभिन्न स्थानमा साकेला मनाई सकेपछि समापन कानेपोखरीमा मनाएर गर्ने गरिएको छ । जिल्लाभरका राईहरूले विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना, सम्मान तथा पुरस्कार वितरण लगायतका कार्यक्रम आयोजना हुने जिल्ला समितिका सचिव केदार चाम्लिङले बताउनु भयो ।






