बेलबारी÷/ नेपाली कांग्रेसको भगिनी संगठन नेपाल महिला संघ मोरङ क्षेत्र नं. ३ ले बुधबार बेलबारी –१० मा तीज कार्यक्रमको आयोजना गरेको छ ।
स्थानीय सिर्जना सामूदायिक वनको सभाहलमा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता बसन्त भट्टराई तीज पर्वलाई सांस्कृतिक चाडको रुपमा मनाउने पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता एवम् मोरङ –३ का सांसद डाक्टर सूनीलकुमार शर्मा ,मोरङ ३ (१) का प्रदेशसभा सदस्य मानबहादुर लिम्बू, नेपाल महिला संघ मोरङका अध्यक्ष शान्ता पौडेल, कांग्रेस महासमिति सदस्य एवम् प्रदेश सभाका पूर्व सदस्य सुयर्माराज राई ,सुन्दरहैँचाका पूर्व नगरप्रमुख एवम् प्रदेश समिति सदस्य शिवप्रसाद ढकाल, नेपाली कांग्रेस मोरङका सचिव ललितबहादुर श्रेष्ठ लगायतले शुभकामना दिनु भएको थियो ।
महिला संघका क्षेत्रीय सभापति मञ्जुकुमारी फुयलको सभापतित्वमा भएको कार्यक्रममा मोरङ–३ का २६ वडाका महिलाहरूको सहभागिता रहेको थियो ।







