Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे –८ स्थित बुद्ध माध्यमिक विद्यालयले शिक्षासँगै सीप कार्यक्रम सुरु गरेको छ ।
२०८० को नयाँ शैक्षिक सत्र देखि विद्यालयले हरेक शुक्रबारलाई ‘फ्रि बुक डे’बनाएको थियो । शुक्रबार अतिरिक्त क्रियाकलाप गर्ने र विद्यार्थीले आफूमा भएको क्षमता प्रस्तुत गर्ने विद्यालयको नियमित कार्यक्रम थियो । अतिरिक्त क्रियाकलापले बोल्ने नाँच्ने, गाउने र ब्याबहार उपयोगी परम्परागत सामग्री निर्माणमा सहयोग पु¥यायो । त्यसपछि अझ उपयोगी शिक्षा दिनु पर्छ भनेर वडा नं. ८ ले शिक्षासँगै सीप कार्यक्रम तय गरेको हो ।
अचेल हरेक शुक्रबार विद्यालयमा हाउस वाइरिङ,फेसनडिजाइन,भेटरिनरी ,प्लम्बिङ,तेक्वान्दो, बेतबाँसका सामाग्री निर्माण सम्बन्धी ब्याबहारिक र प्राविधिक सीप सम्बन्धि तालिम हुने गरेको छ । तेक्वान्दोमा कक्षा ४–१२ का विद्यार्थी सहभागि भइरहेका छन् भने अरु सबै कार्यक्रममा ९–१२ का विद्यार्थी सहभागि भइरहेका छन् । विद्यालयका सहायक प्रधानाध्यापक भरतबहादुर खड्काका अनुसार हरेक विद्यार्थीले आफ्नो रोजाई अनुसार सीप सिक्न पाइरहेका छन् । उहाँले भन्नुभयो –‘ हाल हाउस वाइरिङमा ४५ जना,फेसन डिजाइन (सिलाई कटाई ) ६० जना , भेटरिनरीमा २२ जना ,प्लम्बिङमा ३६ जना ,तेक्वान्दोमा ७२ जना विद्यार्थी सहभागि भइरहेका छन् । हालसम्म बेतबाँसका सामग्री निर्माणमा विद्यार्थीको ईच्छा देखिएको छैन् ।
विद्यालयका प्रधानाध्यापक बोधराज सिग्देलले भन्नुभयो – वडाले तय गरेको कार्यक्रम हो । यो कार्यक्रम नगरपालिकालाई राम्रो लागेपछि अहिले नगरले नै बजेटको प्रबन्ध गरिदिने भएको छ । हालसम्म भेटरिनरीका दुई जना र अरु सबै विधाका एक÷एक जना प्रशिक्षकले हरेक शुक्रवार प्रशिक्षण दिइरहनु भएको छ ।शुक्रबार पहिलो घण्टी विद्यार्थीसँग अघिल्लो साता सिकेको सीपका विषयमा छलफल हुन्छ । विद्यार्थीको आकर्षण र लगनशिलताको मापन हुन्छ । एक,दुइसाता सिकेपछि अर्को विषयमा जान्छु भन्नेलाई अवसर दिइन्छ । त्ससपछि ११ बजेबाट १ बजेसम्म दुई घण्टा लगातार तालिम र सीप प्रदान गरिन्छ । विद्यार्थीको रुचि अनुसारका सीपमुलक तालिमले उनीहरूमा भविष्यको एउटा मार्ग तयार गर्ने रहेछ ,– प्रधानाध्यापक सिग्देलले भन्नुभयो ।
पथरीशनिश्चरे ८ का वडाध्यक्ष नवीन कार्कीले भन्नुभयो – वडाले तय गरेको कार्यक्रममा नगरले पनि साझेदारी गरेको छ । हामीले २ लाख रुपियाँ छुट्याएका थियौं । नगरले १ लाख ३० हजार रुपियाँ थपि दिएको छ । कम्तीमा एउटा सीप सिकेपछि कक्षा १२ उत्तीर्ण नगरेपनि उसले गरिखान सकोस भन्ने उदेश्य कार्यक्रम सञ्चालन गरेका हौं । सीटिइभीटीले दिने तालिममा आधारित पाठ्यक्रम अनुसार नै पठाउने ब्यवस्था मिलाइका छौं । हामीले सुरु गरेपछि नगरका दुईवटा भगिरथ मावि र दुर्गा माविले क्रमसः हाउस वाइरिङ र कम्प्युटर शिक्षाको तालिम दिइरहेको वडाध्यक्ष कार्कीले बताउनु भयो ।
वडाका दुर्गा आधारभुत र मिलन आधारभुत विद्यालयमा कराँते, नृत्य र सङ्गीतको प्रशिक्षण दिने ब्यवस्था मिलाइएको वडाध्यक्ष कार्कीको भनाई छ ।



Share via
Send this to a friend