काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा जेनजी समुहले गरिरहेकाे प्रदर्शनका क्रममा घाइते भएका सबै व्यक्तिहरूको निःशुल्क उपचार गर्ने व्यवस्था गरिएको छ ।
काठमाडौं मेडिकल कलेज, सिनामंगलले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदर्शनमा घाइते भएकाहरूको उपचार निःशुल्क गर्ने जनाएको हो ।
कलेजका प्रशासन प्रमुख नारायण प्रसाद दाहालले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख भए अनुसार घाइते व्यक्तिहरूलाई तत्काल उपचार उपलब्ध गराइने र यसबारे जानकारीका लागि सम्पर्क नम्बर पनि सार्वजनिक गरिएको छ ।
यसअघि राजावादीकाे र शिक्षककाे आन्दोलनका क्रममा घाइते भएकाहरूकाे पनि केएमसीले निशुल्क उपचार सहयोग गरेको थियो ।
यद्यपि, उपचार गर्दा आवश्यक पर्ने औषधि तथा औषधिजन्य सामग्री भने सम्बन्धित व्यक्तिले स्वयंको जिम्मेवारीमा प्रबन्ध गर्नुपर्ने कलेजले जनाएको छ ।






