Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

कानेपोखरी / गुडिरहेको बसको पछाडि पट्टिका चक्का खुस्किएर ठक्कर दिँदा पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको कानेपोखरी बजारमा एक जनाको मृत्यु भएको छ ।
मङ्गलबार बिहान ८ बजे तिर कानेपोखरी– ६ रमाइलोबाट कन्काईमाइ दर्शन गर्न कानेपाखरी बस स्टेण्ड पुग्नु भएका २३ वर्षीय बीरेन्द्र पौडेलको चक्काले ठोक्किएर मृत्यु भएको हो । कानेपोखरी अस्थायी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक गुणराज पोख्रेलका अनुसार पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको प्र.१–०१–००ख–३९२२ नम्बरको यात्रु वहाक बसको बाँया तर्फका पछाडिका दुबै चक्का खुस्किएका थिए । तीब्र गतिको बसका चक्का खुस्किदा टेम्पोबाट ओर्लिदै गरेका पौडेललाई ठक्कर दिएको थियो । गम्भीर घाइते पौडेललाई तत्काल पथरी अस्पताल पु¥याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि विराट नर्सिङ होम बिराटनगर पठाइएको थियो । नर्सिङ होममा उपचारका क्रममा मध्याह्न १२ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
पौडेल बैदेशिक रोजगारका लागि दक्षिण कोरिया जाने तयारीमा थिए ।



Share via
Send this to a friend