Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

कानेपोखरी/ मोरङको कानेपोखरी गाउँपालिकाले अति विपन्न ३० परिवारलाई सुरक्षित आवास बनाइदिने भएको छ ।
जनता आवास कार्यक्रम अन्तरगत पालिकाको वडा नं.४ स्थित खोरिया टोलमा १५ परिवारलाई र वडा नं. १ मा १५ परिवारलाई सुरक्षित आवास बनाइदिन लागेको हो । खोरिया टोलमा सोमबार घर निर्माण अभियान सुरु भएको छ । कानेपोखरी गाउँपालिकाको रु. १ करोड र ह्याविटाट नेपालको ४० लाख रुपियाँ गरी कुल १ करोड ४० लाख रुपियाँमा ३० वटा घर निर्माण गर्न थालिएको कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमति इङ्नामले बताउनु भयो । अध्यक्ष इङ्नामका अनुसार विपन्न परिवारले भान्छाघर र अलगै शौचालय सहित पानी पिउनका लागि ट्युवेल समेत प्राप्त गर्नेछन् ।
ह्याविटाट नेपालले यस अघि पनि पालिकासँग सहकार्य गरेको थियो । तर, यो पटक ह्याविटाटका स्वयम् सेवकहरूले समेत घर निर्माणमा श्रमदान गर्नुभयो । ह्याविटाटका फिल्ड सञ्चार अधिकृत अभिषेक बिष्टले भन्नुभयो – ४ दिन ह्याविटाटका ११ जना स्वयम् सेवकले घर निर्माणमा श्रमदान गर्नुभयो । घर थोरै खर्चमा निर्माण होस र श्रम गर्ने बानिको बिकास होस भन्ने उदेश्यले उहाँहरू आफैं श्रममा लाग्नु भएको हो । उहाँहरू न्युजिलैण्डको होम फाउण्डेसन नामको कम्पनीका सञ्चालकहरू हुनुहुन्छ । ह्याविटाटको लगानी उपयुक्त स्थानमा होस र राम्रो सदुपयोग भए नभएको अध्ययन समेत गर्ने उदेश्यले उहाँहरू श्रममा संलग्न रहेको अधिकृत बिष्टले बताउनु भयो ।
यस अघि कानेपोखरी गाउँपालिकाले वडा नं.२ को प्रधानटोलमा १६ परिवार र वडा नं.३ को राजगञ्जमा ३० परिवारलाई सुरक्षित आवासमा सारि सकेको छ ।



Share via
Send this to a friend