दिपेश रोक्का /
कानेपोखरी , २४ जेठ । मोरङको कानेपोखरी गाउँपालिका ६ स्थित पर्ल एकेडेमी इङ्गलिस स्कुलको आयोजनामा संस्थापक स्वर्गीय डम्बरसिंह गुरुङको ५१ औं जन्मजन्यती मनाइएको छ । साे अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरिएकाे थियो ।
स्वर्गीय गुरुङले कानेपोखरीमा सामाजिक , शैक्षिक , खेलकुद क्षेत्रमा महत्त्वपूर्ण भुमिका खेल्नु भएको थियाे । पर्ल एकेडेमि इङ्लिस स्कुलका शिक्षक जनक ढकालले गुरुङकाे ब्यक्तित्व माथि प्रकाश पार्दै तत्कालीन रमाइलो क्षेत्रकाे विकासमा गुरुङकाे उच्च याेगदान रहेको उल्लेख गर्नुभयो ।जन्म जयन्तीको अवसरमा पुरस्कार वितरण , वक्तृत्वकला , नृत्य तथा सांस्कृतिक कार्यक्रम आयाेजना गरिएको थियो ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि समेत रहनु भएका पर्ल एकेडेमी इङ्लिस स्कुलका प्रधानाध्यापक फडेन्द्र अधिकारीले विधार्थीहरुलाई पढाईमा कसरी अब्बल र सक्षम बनाउन सकिन्छ भन्न्ने विषयमा सैदान्तिक र ब्याबहारिक अध्ययन गरेर अगाडि बढ्ने बताउनु भयाे।
पर्ल एकेडेमी इङ्लिस स्कुलले विधार्थीहरुको शैक्षिक गुणस्तर उकास्नको लागि महत्त्वपूर्ण भुमिका खेल्ने तथा नयाँ शैक्षिक प्रणाली अनुसार विधार्थीहरुलाई अध्यापन गर्ने योजना रहेको स्कुल कि डाइरेक्टर मनकुमारी गुरुङले बताउनुभयाे ।
जयन्तीको अवसरमा नयाँ आएका विधार्थीहरुलाई विद्यालयले स्वागत गरेको थियो । विद्यालयमा अध्यापन गर्ने तथा उत्कृष्ट नजिता ल्याउने तथा कक्षा प्रथम हुने विद्यार्थीहरुलाई साेही अवसरमा पुरस्कार वितरण गरिएकाे थियो । यस बर्ष विद्यालयमा १४० जना नयाँ विधार्थीहरू अध्ययनका लागि आएका छन ।

























