Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

कानेपाेखरी । माेरङकाे कानेपाेखरी ७ स्थित कानेपाेखरी परिसरलाई धिमाल समुदायले कानिवेराङ नामाकरण गरेको शुक्रबार १ बर्ष पुगेको छ ।
बिश्व वाताबरण दिवस र कानिवेराङ स्थापना भएको वर्ष दिन भएको उपलक्ष्यमा कानिवेराङ संरक्षण समितिले विभिन्न कार्यक्रमको आयाेजना गरेको छ । कानिबेराङ भन्नाले धिमाल भाषामा लाैराे लिएकी नेत्रहीन महिला भन्ने बुझिन्छ । कानिवेराङको सालिकमा पुजाआजा गरी ७० वटा विरुवा राेपिएकाे छ । साेही अवसरमा ११ जनाले रक्तदान गरेका थिए । पाेखरी परिसरमा आयाेजना गरिएको कार्यक्रममा कानेपाेखरीमा (कानिवेराङ ) माछाका भुरा समेत हालिएको छ। कार्यक्रम कानिवेराङ संरक्षण समितिका संयाेजक प्रकाश धिमालले कार्यक्रम माथि प्रकाश पार्दै धिमाल समुदायको आर्थिक ,सामाजिक र सांस्कृतिक विकासका लागि संगठित हुनुपर्ने बताउनुभयो ।कार्यक्रममा नेकपा माओवादी केन्द्रकी नेत्री ममता ताजपुरिया , दुर्गाबहादुर कार्की, दिपकलाल गिरि, रत्नीमाया धिमाल ,युवा समाजसेवी नवीन पौडेल लगायतकाे उपस्थिति थियो । कार्यक्रममा हरि नुनिया र राजु धिमाल बिरुवा साैजन्य गर्नु भएको थियो ।



Share via
Send this to a friend