Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

हरिप्रसाद कोइराला
पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरेस्थित शब्द थिएटरले विश्व प्रशिद्ध भारतीय नाटककार हविव तन्वीरको नाटक “चरणदास चोर’ प्रदर्शन गर्ने भएको छ ।
साउन ३०गते देखि भदौ १३ गतेसम्म हरियाली सामुदायिक वनको हलमा प्रस्तुत हुने नाटक दैनिक तीन शो प्रदर्शन गरिने छ । बिहीबार आयोजक शब्द थिएटरले पत्रकार सम्मेलन गरी नाटक प्रदर्शनीका विसषयमा जानकारी गराएको हो ।नाटकको नेपाली रुपान्तरण आशान्त शर्मा र राजन खतिवडाले गर्नु भएको छ । जीवन खतिवडाले निर्देशन गर्नु हुने नाटकमा प्रसुना अधिकारी,करुणा तिम्सिना,राज विक,प्रेम खतिवडा ,भुमिका बस्नेत ,सुमन कुइकेल र सन्तोष राईको प्रमुख भुमिका रहनेछ ।
१४ दिनसम्म सञ्चालन हुने नाटक १० हजार दर्शकले हेर्ने अनुमान गरिएको छ ।
पत्रकार सम्मेलन शब्द थिएटरका अध्यक्ष अशोक राईको अध्यक्षताका स्थानीय मनोहर पार्कमा भएको थियो । शब्द थिएटरले यस अघि अनि देउराली रुन्छ नाटक प्रदर्शन गरेको थियो । नाटक रिहर्सल र प्रदर्शनको प्बन्ध मिलाउन साडे ६लाख रुपियाँ खर्च भइसकेको थिएटरका अध्यक्ष अशोक राईले बताउनुभयो ।



Share via
Send this to a friend