Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

मोरङ( कानेपाेखरी ) । १५ औं राष्ट्रिय बाल नाटक महोत्सव २०८० मा प्रथम भएको मोरङको कानेपोखरी– ६ रमाइलो स्थित माउण्ट हर्मोन चिल्ड्रेन एकेडेमीका बाल कलाकारलाई गृहनगरमा स्वागत गरिएको छ ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान,रसियन क्लचर,ओजस थिएटर एण्ड फिल्म स्टुडियो र शिल्पी थिएटरको संयुक्त आयोजनामा रसियन क्चल सेन्टर कमलपोखरी काठमाडौंमा भएको महोत्सवमा २६ वटा टिमलाई पछि पार्दै माउण्ट हर्मोन प्रथम भएको हो । फागुन २ गते देखि ९ गते सम्म सञ्चालन भएको महोत्सवमा प्रथम भएको बाल कलाकारको समूहलाई बिहीबार बजार परिक्रमा गराई स्वागत गरियो । चलचित्र विकास बोर्डको सहयोगमा भएको बाल नाटक महोत्सवमा माउण्ट हर्नोनको टिमले घिमिरे युवराले लेख्नु भएको‘आँधिको मनोरम नृत्य’शीर्षकको नाटक मञ्चन गरेको थियो । निर्णायक द्वय किशोर अनुराग र बाबा बस्नेतले २७ वटा नाटक मध्ये उत्कृष्ठ छनौट गर्नु भएको नाटक ‘आँधिको मनोरम नृत्य’मा रिया दाहाल, दिब्यांशी भुजेल,अमिसा लिम्बू, जेनिषा बस्नेत, लक्ष्मी भट्टराई,पुजना घिमिरे,पवन तामाङ,रविन तामाङ,नुना राई र एनुजा लिम्बूले अभिनय गर्नु भएको थियो ।
शब्द थिएटरको साथमा रङ्गकर्म गरिरहनु भएका मोरङको पथरी निवासी रङ्ग कलाकार जीवन बरालले परिकल्पना गर्नु भएको निर्देशन प्रेमप्रसाद खतिवडाले गर्नु भएको थियो । १४ औं बाल नाटक महोत्सवमा दोस्रो भएको माउण्ट हर्मोन चिल्डे«न एकेडमी यो वर्ष प्रथम भएको हो । नाटककार अशेष मल्लले विजयी टिमका कलाकारलाई अवार्ड तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।



Share via
Send this to a friend