उर्लाबारी (माेरङ) । माेरङकाे उर्लाबारी ५ स्थित सिद्धिविनायक बहुउद्देश्यीय सहकारी संस्था लि.२२ओैं स्थापना दिवसका अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत जेहन्दार छात्रवृत्तिलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
मङ्गलबार उर्लाबारी ८ काे शान्तिक्षेत्र आधारभुत विद्यालयका जेहन्दार विद्यार्थीलाई सहकारी संस्थाले छात्रवृत्ति वितरण गरेको हाे ।
२०५९ फागुन १५ गते स्थापना सिद्धिविनायक बहुदेश्यीय सहकारी संस्थाले बिगत केही वर्ष यता देखि जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । संस्थाका अध्यक्ष गणेशबहादुर खत्रीकाे सभापतित्वमा भएको कार्यक्रममा पुर्व अध्यक्षहरू दुर्गाप्रसाद खतिवडा , वीरवल थापा,सुरवीर कार्की लगायतकाे उपस्थिति थियाे ।कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी ८ का वडाध्यक्ष कुलबहादुर कार्कीले सहकारी संस्थाले समूदाय स्तरमा काम गर्नुपर्नेमा जाेड दिनुभयाे । उर्लाबारी उध्याेग वाणिज्य संङका अध्यक्ष शेरबहादुर भण्डारीले बजारमा सहकारी प्रतिकाे अास्था र विश्वास गुमे पनि सिद्धिविनायक सहकारीले समूदायकाे मन जितेकाे बताउनु भयाे । सहकारीले २० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री र बालकक्षामा अध्ययन गर्ने विद्दार्थीका लागि अावश्यक खेल तथा मनाेरञ्जनका सामग्री वितरण गरेको थियोे ।






