Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

उर्लाबारी । चिसोले कठ्याङ्ग्रिएर  मोरङको उर्लाबारीमा एक जनाको मृत्यु भएको छ ।

उर्लाबारी–६ मावा खोलाको पुलमुनि बस्दै आएका करिब ४० बर्षीय ग्याटिसे भनिने सन्तोष राईको बिहीबार  विहान मृत्यु भएको हो ।

 उनी लामो समयदेखि उर्लाबारी क्षेत्रमा प्लाष्टिकजन्य सामाग्री सङ्कलन गरी बेचेर जीविकोपार्जन गर्दै आएका थिए । इलामको चुलाचुली घर बताउने राईको आफन्तहरु अहिलेसम्म सम्पर्क आएका छैनन् । इलाका प्रहरी कार्यालय उर्लाबारी टोलीले शवलाई पोष्टमार्टमका लागि मदन भण्डारी अस्पताल एवम्  ट्रमा सेन्टरमा लगेको छ । पोष्टमार्टमपछि मात्र के कारण मृत्यु भयो भन्ने बारेमा खुल्ने इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले बताउनुभयो ।



Share via
Send this to a friend