Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}


सुन्दरहरैँचा । नेपाली काङ्ग्रेसका सहमहामन्त्री भीष्मराज आङ्दम्वेले सहकारी सम्बन्धी कानून र ऐन कार्यान्वयनमा नियामक निकाय र अभियानकर्मीले ध्यान नपु¥याउँदा सहकारी संस्थाहरू उपभोक्ता समिति जस्तै बनेको बताउनु भएको छ ।
शनिवार नेपाली कांग्रेसको केन्द्रीय सहकारी विभागले मोरङको सुन्दरहरैँचामा गरेको कोशी प्रदेश स्तरीय अन्तरक्र्रिया कार्यक्रममा बोल्दै आङ्दम्बेले यस्तो बताउनु भएको हो । सहकारी संस्थाबाट सरकारले आर्थिक समृद्धिको कल्पना गरेको थियो । तर, ठिक उल्टो भएको छ, उहाँले भन्नुभयो – सिमित सदस्य र एउटा समूह वरिपरि घुमेको सहकारी अभियान नै ब्यापारिक दृष्टिकोणबाट हिडे जस्तो देखियो ।सहकारीका मूल्य, मान्यता र सिद्धान्त नबिर्सिएको भए यो समस्या आउने नै थिएन । आङ्दम्वेले नेपाली काङ्ग्रेस यो समस्याबाट सहकारीलाई कसरी मुक्त गराउन सकिन्छ भनेर अहोरात्र छलफल गरिरहेको उल्लेख गर्नुभयो । सहकारीको नेतृत्वमा रहेकाहरू मुल मर्ममा पुग्नै नसक्ने उल्लेख गर्दै सह महामन्त्री आङ्दम्वेले कम्युनिष्टहरूबाट सहकारीको बिकास र समृद्धि असम्भव रहेको आरोप लगाउनु भयो ।


नेपाली काङ्ग्रेस केन्द्रीय सहकारी विभागका संयोजक पूर्व राज्यमन्त्री देवेन्द्रराज कँडेलको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सल्लाहकार केशव निरौला, नेपाली काङ्ग्रेस कोशी प्रदेशका सह महामन्त्री प्रमिला गच्छदार,सहकारी विभागका सचिव एवम् नेफ्स्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायतले बोल्नु भएको थियो ।
विभागका सदस्य गोमा नेपालले कोशी प्रदेशको सहकारीको अवस्थाका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको अन्तरक्र्रियामा नेपाली काङ्ग्रेस मोरङका सहकारी विभाग प्रमुख चेतराज बस्नेतले स्वागत मन्तब्य गर्नु भएको थियो । कार्यक्रम सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घको सभाहलमा भएको थियो ।



Share via
Send this to a friend