Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

पथरीशनिश्चरे । पृथ्वीनारायण शाह र उहाँका वुवा नरभुपाल शाहका राजनीतिक सल्लाहकार बिसे नगर्चीको बिषयमा खोज, अनुसन्धान गरि खोजकर्ता लेखक दीपेन्द्रराज तिम्सिनाले ’गुमनाम एक इतिहास बिसे नगर्ची ’ नामक पुस्तक प्रकाशित गर्नु भएको छ । मोरङको पथरीशनिश्चरे १ का लेखक लेखक तिम्सिनाको यो १२ औं पुस्तक हो ।
बिसेको जन्मस्थल गोरखा पुगेर उहाँलाई र उहाँको सन्तानलाई दिएका सनदपत्र, लालमोहर , बिसेका सन्तानसँग घर मै भेटेर आउनु भएका तिम्सिनालाई यो कृति तयार गर्न १८ महिना लागेको छ । तिम्सिनाले पुस्तक लेख्नु पूर्व बिसेका विषय नलेखिएका दस्तावेज र पुराना इतिहासकार सँग समेत परामर्स गर्नुभयो । विभिन्न समयमा इतिहासकारहरूले लेखेका ऐतिहासिक दस्तावेजमा पनि बिसेले नुवाकोट दुईपटक आक्रमण गर्दा हार खाएर चिन्तित बनेका पृथ्वीनारायण शाहलाई उचित समयमा सहि सल्लाह दिएर युद्ध जितेको इतिहास छ ।
एउटा सल्लाहकार उचित भयो भने राज्य बनाउन र युद्ध नै जित्न परे पनि सजिलै सकिन्छ । यहि उदाहरण नेपालको इतिहासमा पाईन्छ । यस्तो उदाहरणीय व्यक्ति हुनुहुन्थ्यो बिसे नगर्ची । अहिले लोकतन्त्रका शासकका नातेदार, बग्रेल्ती सल्लाहकार राखेका छन् । राखिएका सल्लाहकार विज्ञताको आधारमा नभई आफन्तको आधारमा छन् । स्वकीय सचिव,सल्लाहकारहरूले न सल्लाह दिन्छन् न सल्लाह लिन्छन् अनेक दबाब र प्रभावमा निर्णय गराउने प्रवृत्ति डरलाग्दो गरी बढेको छ । सामान्य अबस्थामा रहेका बिसे नगर्चीले दिएको सल्लाह नै पृथ्वीनारायण शाहलाई युद्ध जित्ने अस्त्र बनेको थियोे । नुवाकोट आक्रमणमा हार व्यहोरेका पृथ्वीनारायण शाह हतियार किन्न चाहन्थे । तर त्यसबेला राज्य कोषमा पैसा थिएन । युद्ध जित्न योद्धा कुशल भएर मात्र हुदैन । हतियार पनि गुणात्मक चाहिन्छ । विहानै उठेर दरबारमा चिन्तित बनेर टोलाई रहेका पृथ्वीनारायण लाई आमा कौशल्यावतिले देखेर एकदिन बिहान सोधिछन् छोरा तिमिलाई के भयो ? त्यसबेला राजा पृथ्वीनारायणले नुवाकोट हार ब्योहोरेको र थप आक्रमण गर्न हतियार नभएको कुरा आमालाई सुनाएछन् । यो कुरा सुनेर आमाले दरबारमा नगरा बजाउने बिसे नगर्चीलाई भेटेर सल्लाह लिन भनिछन् । सोहि अनुसार भोलिपल्ट बिहानै राजा बिसेको घर गएछन् ।
यि र यस्तै विषयमा लेखिएको ‘गुमनाम एक इतिहास बिसे नगर्ची’मा हालसम्म नखोदलिएका केही पाटामा लेखकले खोज्ने प्रयास गर्नु भएको छ । बिसेलाई विम्वमा प्रयोग गरि २०६२÷२०६३ जनआन्दोलनमा कवि श्रवण मुकारुङले ’ बिसे नगर्चीको बयान’ शीर्षकको कविता ले निकै चर्चा पाएको थियोे ।
पुस्तकको प्रकाशक लिला निरौला तिम्सिना रहनु भएको छ ।दमक श्रष्टा छापाखानाले छापेको यो पुस्तक १५६ पेजको रहेको छ । नेपालका इतिहासकारहरुसँग सोधखोज गरी लेखिएको यस पुस्तकमा ४९ वटा उप शीर्षकमा इतिहास कोट्याउने प्रयास गरिएको छ ।



Share via
Send this to a friend