Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

हरिप्रसाद कोइराला । सरकारले ८ करोड बढी खर्च गरिसकेको पुरातात्विक महत्वको ऐतिहासिक धनपालगढी संरक्षणको पखाईमा रहेको छ ।
मोरङको बेलबारी नगरपालिका वडा नं. ५ कसेनीमा रहेको यो गढीलाई नेपाल सरकारले सय वटा प्रमुख पर्यटकीय गन्तब्यको सुचीमा राखेको थियो । प्राग ऐतिहासिक महत्वको गढी क्षेत्रलाई संरक्षण र सौन्दर्यकरण गर्न सरकारले हालसम्म ९ करोड रुपियाँ खर्च गरिसकेको छ । वरिपरि बस्ती र बिचमा ३५ बिगाहा क्षेत्रफलको जङ्गल भित्र धनपाल गढी रहेको छ ।धनपालगढी पुरातात्विक ऐतिहासिक धार्मिक तथा पर्यटन ब्यवस्थापन समितिका अध्यक्ष मनिलाल भगतका अनुसार गढी क्षेत्रमा धनपाल राजाले खनेको ९ वटा पोखरीमध्ये ३ वटा पोखरी अझै देख्न सकिन्छ । यस क्षेत्रमा हरेक वर्षको बैशाख १० गते थारु समुदायले धनपाल राजाको मन्दिरमा पुजाआजा गर्ने गर्छन् । थारुहरूको सबैभन्दा ठूलो पर्व सिरुवा पावनीका अवसरमा बैशाख १० गते ठूलो मेला लाग्ने गढी क्ष्ँेत्र सरकारले ठूलो लगानी गरेपनि संरक्षण पर्खिरहेको छ ।
अध्यक्ष भगतले बुढा पुराना अगुवाहरूले सुनाएको विगत सम्झदै भन्नुभयो –गढीमा रहेको मन्दिरभित्र पित्तलको हात्ती चढेको राजा धनपालको मुर्ति र ९ वटा घण्टीहरू भेटिएको अरे । गढी वरिपरि रहेको देवलको भग्नावशेष (ईटका टुक्राहरू) हेर्दा यो गढी करिव १७÷१८ सय वर्ष पुरानो भएको मानिन्छ । सुनिदै आएको कथा अनुसार राजा धनपालकी छोरी फुलदेबी असाध्यै राम्री थिइन । राजाले आफ्नी छोरीको सौन्दर्यलाई पराजित गर्नेलाई राजकुमारी (छोरी) दिने निधो गरेका थिए ।
छोरीलाई सौन्दर्यमा जितेर लान भारतबाट अल्लाहरूदल नामका राजकुमार आए । तर, छोरीलाई जित्न सकेनन । त्यसपछि अल्लाहरूदलले छलकपट गरे । हजामलाई धनपाल राजाको दारी काट्न लगाउने निहुँले धनपालको घाँटी काट्न लगाएर घाइते बनाई सेना लगाएर राजकुमारी फूलदेवीको अपहरण गरेका थिए । त्यसपछि राजा धनपालको गढी सुनसान भएको जनबिश्वास अहिलेसम्म रहेको छ ।अहिले पनि हजामहरू छुरा,कैची लिएर सो स्थानमा प्रबेश गर्दैनन ।
धनपाल गढीको पोखरीमा दुर्लभ रातो र सेतो कमलको फुल पाईन्छ । चराचुरुङ्गी र बनस्पति समेत यस स्थानमा पाईन्छ । जङ्गललाई प्राकृतिक रुप मै छोडिएकोले गर्मी छल्न स्थानीय त्यहाँ पुग्ने गरेका छन् । धनपाल गढी परिसरमा पुरातात्विक अध्ययनका लागि प्रशस्त अभिलेखहरु पाइएका छन्। हालसम्म इनारको पाटो,ताम्रपत्र,किपट र वरिपरि रहेका दिवालका भग्नावशेषहरू पाइएको स्थानीय बताउँछन् ।
ऐतिहासिक महत्वको गढी संरक्षणका नाममा सरकारको ठूलो धनराशि खर्च भइसकेको छ । बेलबारी –५ का वडाध्यक्ष डिल्लीबहादुर कट्वालले भन्नुभयो – ८ करोड खर्च भइसकेको छ । ३५ बिघा मध्ये ३० बिघाको जङ्गल क्षेत्र वरिपरि दिवाल लगाउने काम सकिएको छ । तीन तिरबाट प्रवेशद्वार बनाइएको छ । वरिपरि बस्ती भएर पनि सयौं वर्षदेखि संरक्षित गढी क्षेत्र हाल भने असुरक्षित हुँदै गएको छ । निर्माण भएका सामूदायिक भवनका ढोका भत्किसकेका छन् । झ्यालका शिसा फुटेका छन् । बिजुली वाइरिङ चोरी भइसकेको छ भने भवनका ढोका फुटाएर हल भित्र फोहोर पारिएको छ । ८ करोड२३ लाख ३४ हजार ५०४ रुपियाँ ६० पैसामा किरातेश्वर जोशी मिसन जेभीले गढी सौन्र्दयीकरणको ठेक्का पाएको थियो । २०७८ जेठ १३ गते ठेक्का सम्झौता गरेको कमपनीले २०८० को जेठ १६ गते काम सम्पन्न गरेर समूदायलाई हस्तान्तरण गर्ने पर्ने थियो । तर,समयमा काम नसकिएपछि म्याद थप गरि कम्पनीले २०८० चैत मसान्तमा काम सम्पन्न गरेको छ ।
गढी परिसरमा ६ वटा साना ठूला सामूदायिक भवन,मन्दिर,धनपाल राजा हात्तीमा चढेको प्रतिमा वरिपरि घेरावारा लगायतका काम भएको छ । तर, भएका कामको संरक्षण गर्ने चासो कुनै निकायको देखिदैन । बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राईले भन्नुभयो – यो ठूलो पयर्टकीय केन्द्र हो । बजेट अभावमा धेरै काम गर्न बाँकी छ । नगरको स्रोतले पुग्दैन । संघ र प्रदेशले थप बजेट दिएका छैनन । उहाँले भएको संरचनाको संरक्षणका लागि स्थानीय स्तरमा समिति गठन गरेको बताउनु भयो ।
तर, स्थानीय समितिका अध्यक्ष मनिलाल भगत दुईजना सुरक्षा गार्ड माग्दा नगरले नदिएको बताउनु हुन्छ ।



Share via
Send this to a friend