Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

बिराटनगर । मोरङको पथरीशनिश्चरे –९ की ७६ वर्षीया भीममाया श्रेष्ठले आइतबार नेपाली नागरिकताको प्रमाणपत्र पाउनु भएको छ । राजनीतिक पहुँच नपुगेर नागरिकताबाट बञ्चित हुनु भएकी श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले आफैं हस्ताक्षर गरेर नेपाली नागरिकताको प्रमाण पत्र दिनु भएको हो ।
श्रेष्ठलाई नेकपा एमालेका केन्द्रीय सदस्य युवराज बास्कोटाले अभिभावक बनेर सनाखत गरिदिनु भएको छ । वडा कार्यालय पथरीशनिश्चरे –९ ले गरेको सिफारिसका आधारमा भोजमायालाई नागरिकता दिइएको हो । एमाले केन्द्रीय सदस्य बास्कोटाले भन्नुभयो – सबै प्रक्रिया पुगेर पनि सनाखत गर्ने उहाँका आफन्त नभएपछि मैले सानाखत गरिदिएको हुँ । बास्कोटाका अनुसार आइतबार पनि भोजमाया नागरिकता दिँदैनन भनेर जिल्ला प्रशासन कार्यालय जान मान्नु भएको थिएन् । हामीले धेरै सम्झाएर उहाँलाई लगेका हौं । जीवनको उत्तरार्धमा नागरिकता प्राप्त गर्नु भएकी भीममायाले वडाध्यक्ष वीरबहादुर राई, सुरु देखि अनागरिक भएकोले राज्यका सेवा सुविधा नपाएको भनेर श्रेष्ठलाई नागरिकता दिन दवाव दिने पत्रकार गोपाल काफ्ले र नेता बास्कोटालाई आशिर्वाद दिनु भएको छ ।
उहाँका सन्तान छैनन् । श्रीमान् कूलबहादुर श्रेष्ठको कोरानाकालमा निधन भएपछि एक्लो जीवन बिताउँदै आउन्ु भएकी भीममाया भदाहरूको भरथेगमा बस्दै आउनु भएको थियो ।



Share via
Send this to a friend