काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले चावहिलमा निःशुल्क स्वास्थ्य उपचार गरेको छ । 
सेन्ट लरेन्स स्कूलको आयोजनामा स्कूलकै हातामा भएको परीक्षणमा ३६८ विद्यार्थी बालबालिकाले परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।
शिविरमा १५ जनाको दाँत खोल्दा १२ जनालाई थप परीक्षणका लागि केएमसी रेफर गरिएको छ ।
डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।


























