
उर्लाबारी । उर्लाबारीका क्रियाशील पत्रकार टीकाराम सिम्खडा पुरस्कृत हुनुभएको छ । शनिबार उर्लाबारी–६ स्थित सामुदायिक विकास मञ्चले २७ औं बार्षिक साधारणसभाको अवसरमा सिंम्खडालाई नगदसहित पुरस्कृत गरेको हो । वारपार नेपाल मिडियाका सञ्चालकसमेत रहनुभएका सिम्खडा उर्लाबारी टिभी सञ्चालन गर्दै आउनु भएको छ ।
उर्लाबारी वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि पौडेल र ८ का वडाध्यक्ष कुलबहादुर कार्कीले संयुक्त रुपमा सञ्चारकर्मी सिम्खडालाई सम्मानपत्र, नगद र दोसल्ला ओढाएर सम्मान गर्नुभयाे । सिंम्खडा सञ्चार क्लब नेपाल ,उर्लाबारीका कार्यसमिति सदस्य हुनुहुन्छ ।

























