Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

हरिप्रसाद कोइराला
मोरङ । असारको अन्तिम सातासम्म पनि औषत भन्दा कम पानी परेपछि कोशी प्रदेशमा यो वर्ष २९ प्रतिशत मात्र रोपाई भएको छ ।
कोशी प्रदेशको कृषि विकास निर्देशनालयका बागवानी विकास अधिकृत भवानी बस्नेत अनुसार गत वर्ष असारको २१ गतेसम्म कोशी प्रदेशका १४ जिल्लामा ३४ दशमलव ४३ प्रतिशत रोपाई भएको थियो । गत वर्षको तुलनामा ५ प्रतिशत मात्र कम रोपाई भएको सरकारी तथ्याङ्क भए पनि फिल्डमा तथ्याङ्क अनुसार रोपाई हुन नसकेको किसानको भनाई छ । निर्देशनालयले मोरङमा ३१ दशमलव ५० प्रतिशत रोपाई भएको जनाएको छ । गत वर्ष मोरङमा झण्डै ६० प्रतिशत रोपाई भएको थियो ।
दक्षिणी मोरङका रङ्गेली, सुनवर्षी, रतुवामाई नगरपालिका र कानेपोखरी,धनपाल,जहदा र कटहरी गाउँपालिकाका अधिकांश किसानका खेत बाँझै छन् । मोरङमा यि पालिकामा धानको सघन खेती हुने गरेको छ ।
कोशी प्रदेशमा सबैभन्दा बढी पाँचथर जिल्लामा रोपाई भएको छ । निर्देशनालयको तथ्याङ अनुसार पााचथरमा ५९ प्रपतशत रोपाई भइसकेको छ । यस्तै भोजपुरमा ५८ प्रतिशत र खोटाङमा ५७ प्रतिशत,रोपाई भएको छ । तर पहाडका यि जिल्लामा रोपाई हुने जग्गा अत्यन्तै कम छ । निर्देशनालयका अनुसार ५ हजार ८४८ हेक्टर,१२ हजार ५० हेक्टर र खोटाङमा १० हजार १८ हेक्टर जग्गामा धान खेती हुने गरेको छ ।
सबैभन्दा बढी धान उत्पादन गर्ने झापा जिल्लामा हालसम्म २१ प्रतिशत मात्र रोपाई भएको छ । झापामा ७५ हजार ५५९ हेक्टर क्षेत्रमा धान खेती हुने गरेको छ । यस्तै मोरङमा ६९ हजार ८१७ हेक्टरमा धान खेती हुने गरेको छ । सुनसरीम पनि यो वर्ष धान रोपाई हुन सकेको छैन् । जिल्लाको ४८ हजार ९ हेक्टर जग्गामा धान खेती हुने गरेको छ । जसमध्ये हालसम्म सुनसरीमा २४ प्रतिशत मात्र रोपाई भएको छ । सुनसरी मोरङ सिंचाई आयोजनाको चतरा मुल नहरबाट आवश्यकता अनुसार पानी नआउँदा रोपाई हुन नसेकेको चतरा मुल नहरका सचिव खङ्गलाल साहले बताउनु भयो ।



Share via
Send this to a friend