Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

हरिप्रसाद कोइराला
मिक्लाजुङ । मोरङको मिक्लाजुङ गाउँपालिकाले सोमवार गाउँसभाको १६ औं अधिवेशनमा आर्थिक वर्ष २०८२÷०८३ का लागि ७९ करोड ९२ लाख ८७० रुपियाँको बजेट प्रस्तुत गरेको छ ।
पालिकाको सभाहलमा भएको गाउँसभामा उपाध्यक्ष दिनेश पौडेलले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नु भएको हो । उपाध्यक्ष पौडेलले आम्दानी तर्फ १० करोड ६२ लाख ६८ हजार ८३० रुपियाँ आन्तरिक आम्दानी हुने अनुमान गर्नु भएको छ । यस्तै नदीजन्य दहत्तर बहत्तरबाट १३ करोड १२ लाख १ हजार ५०६ रुपियाँ मालपोत रजिष्ट्रेसनबाट १ करोड ९ लाख ८१ हजार ६३ रुपियाा र विज्ञापन करबाट ३ लाख रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ ।
प्रदेश सरकारबाट राजश्व वाँडबाँट ७४ लाख २९ हजार ,सङ्घीय सरकार राजश्व बाँडफाँटबाट मूल्यअभिवृद्धि ८ करोड ३ लाख ८४ हजार ६०३ रुपियाँ,अन्तशुल्क २ करोड ६७ लाख ९४ हजार ८६८ रुपियाँ र वन रोयल्टीबाट १० लाख रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ । यसैगरी सङ्घीय समानीकरण अनुदान ११ करोड २५ लाख र प्रदेश समानीकरण अनुदान १ करोड ३० लाख ५ हजार रुपियाँ प्राप्त हुनेछ । यसैगरी सङ्घीय सरकारको ससर्त अनुदान चालु तर्फ २३ करोड ९० लाख र पुँजीगत अनुदान २ करोड २० लाख रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ । गाउँपालिकाले सङ्घीय विषेश अनुदान १ करोड ५९ लाख प्राप्त गर्नेछ । यसैगरी प्रदेश सरकारले २ करोड ५८ लाख ५ हजार चालु खर्चका लागि ससर्त अनुदान दिने छ भने पुँजीगत ससर्त अनुदान ५९ लाख दिनेछ । प्रदेश सरकारले समुपुरक अनुदान १ करोड रुपियाँ दिने अनुमान गरिएको छ । जिल्ला समन्वय समितिबाट ३० लाख रुपिया अनुदान प्राप्त् हुने अनुमान गरिएको छ ।
यस्तै खर्च तर्फ चालु पँजीगत खर्च ११ करोड ९१ लाख ५० हजार रुपियाँ विनियोजन गरिएको छ । पूर्वाधार विकासमा ८ करोड १२ लाख रुपियाँ विनियोजन गरेको मिक्लाजुङ गाउँपालिकाले ९ वटा वडाका लागि ५ करोड ३९ लाख रुपियाँ छुट्याएको छ ।
पालिकाले आकासबाट परेको पानी भण्डार गर्न ५ लाख रुपियाँको पानी भकारी निर्माण गर्ने भएको छ । पशुपालक किसानलाई निशुल्क औषधि वितरणका लागि १२ लाख रुपियाँ र सामूदायिक कुकुर बन्ध्याकरण गर्न ४ लाख रुपियाँ विनियोजन गरेको छ । थोपा सिंचाईका लागि किसानलाई ७० प्रतिशत अनुदानको ब्यवस्था गरिने भएको छ । यस्तै शिक्षा सबैको पहुँचमा पु¥याउन तथा शैक्षिक सुधारका लागि १ करोड ९८ लाख २१ हजार रुपियाँ विनियोजन गरिएको छ ।



Share via
Send this to a friend