Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

हरिप्रसाद कोइराला
मोरङ । आधुनिक प्रविधि नभित्रिदा मोरङ जिल्लामा जुटखेती प्रतिको आकर्षण घट्दै गएको छ । मोरङमा पछिल्लो तीन वर्षयता सनपाट खेती हुने क्षेत्रफल मात्र घटेको छैन । उत्पादन पनि सन्तोषजनक छैन् ।
किसानले सनपाट भण्डारण गर्न सक्दैनन् । बिक्री गरेपछि जुटको मुल्य ह्वात्तै बढ्छ । मोरङको पथरीशनिश्चरे ५ का चैतुलाल राजवंशीले भन्नुभयो – गत वर्ष अढाई कट्ठामा सनपाट लगाएको थिएँ । भदौ २१÷२२ गते तिर बिक्री गरें । असोजमा प्रतिमन ५ सयले बढ्यो । चैतुलालले यो वर्ष पनि अढाई कट्ठामा सनपाट लगाउनु भएको छ । सबै काम आफैं गर्दा राम्रो लाभ हुन्छ ।तर, जब किसानले बिक्री गर्छन्, मुल्य आकाशिन्छ । किसानले जुट भण्डारण गर्न नसक्दा ठूलो आर्थिक घाटा ब्योहोर्नु परिरहेको अर्का किसान मोहम्मद अक्रमले बताउनु भयो । अक्रमले त अझ बढी घाटा सहनु प¥यो । उहाँले गत वर्ष प्रतिमन ३ हजार ६ सयले सनपाट बिक्री भयो । किसानसँग सकिएपछि प्रति मन ४ हजार ७ सय रुपियाँका दरले बिक्री भयो ।
गत वर्ष सनपाटको मूल्य ४ हजार ९ सय रुपियाँ सम्म पुग्यो । मूल्य राम्रो आउने भएपनि कृषि मजदुरको अभाव बढ्दै जाँदा सनपाट खेतीम आकर्षण भने घटेको छ ।कृषि ज्ञान केन्द्र मोरङका प्रमुख दीपा देवका अनुसार मोरङमा आर्थिक आर्थिक वर्ष ०७९÷०८० मा ५ हजार ११० हेक्टरमा खेती भएको छ । सो वर्ष ७ हजार ४०९ मेट्रिक टन जुट उत्पादन भएको थियो । आर्थिक वर्ष २०८०÷०८१ मा १५ हेक्टर क्षेत्रफलमा थप खेती भएपनि उत्पादन २२ मेट्रिक टन मात्र बढ्यो । गत आवमा उत्पादन क्षेत्र नै घट्यो । ज्ञान केन्द्रका अनुसार गत वर्ष ५ हजार ५० हेक्टरमा मात्र जुट खेती भयो । ७५ हेक्टर क्षेत्रफल खुम्चिदा उत्पादन ७ हजार ३२२ मेट्रिक टन मात्र भयो । ज्ञान केन्द्र चालु वर्ष जुट खेती अझ घटेको जनाएको छ ।२०८०÷०८१ पछि सरकारले जुट खेती प्रवद्र्धन कार्यक्रम अन्तर्गत दिँदै आएको अनुदान बन्द ग¥यो । जुट खेती प्रवद्र्धनका लागि १० कट्ठा भन्दा बढी क्षेत्रफलमा खेती गर्ने ३० जना किसानलाई सरकारले २०÷२० हजार रुपियाँ अनुदान दिँदै आएको थियो । अनुदान कार्यक्रम बन्द भएपछि किसानको लागत खर्च बढ्यो , त्यसपछि उत्पादन क्षेत्र खुम्चिदै गएको ज्ञान केन्द्र प्रमुख दीपा देव बताउनु हुन्छ ।
सुनवर्षी ८ का किसान सीताराम सहनीले दाउराको अभाव टार्न मात्र ५÷६ कट्ठामा सनपाट लगाएको जानकारी दिनुभयो । सनपाटको रेसा निकालेपछि भित्रको डाँठ तराईमा दाउराको रुपमा प्रयोग गर्ने गरिन्छ ।
मोरङमा यो वर्ष सुन्डीको लागि सानो सानो एकाईमा जुट खेती गर्ने किसान धेरैछन् । दुई वर्ष अघिसम्म बिघा,बिघामा खेती लगाउने किसान सरकारले अनुदान रोकेपछि खर्चै नधान्ने बताउँछन् ।
४० को दशकपछि झापा, मोरङ र सुनसरीको ५० प्रतिशत भन्दा बढी जमीनमा जुट खेती थालेको किसानको भनाई छ । मोरङ कानेपोखरी– ७ का किसान इन्द्रप्रसाद कोइराला बिगत संस्मण गर्दै भन्नुहुन्छ–‘ उसबेला हाम्रो १० बिघा खेती थियो । सबै खेतमा जुट लगाउने ग¥थ्यौं । भारत र वंगलादेशबाट कृषि मजदुर आएर झण्डै ३ महिना सम्म घरमै बस्थे । गोड्ने,काट्ने, अमार लगाउने, तारी बाँधेर खाडीमा हाल्ने,धुने सम्मको काम गर्थे । बिघामा सय मनसम्म जुट उत्पादन हुन्थ्यो । २०४३ सालमा जुट बिक्री नभएर किसानहरू अञ्चलाधीस कार्यालय पुुगेर ज्ञापन पत्र समेत बुुझाएका थिए ।
नेपाल जुट उद्योग सङ्घका महासचिव सोमनाथ अधिकारीका अनुसार मोरङमा हाल पाँच वटा जुट मिल सञ्चालनमा रहेका छन् । विराटनगरको रघुपति जुटमिल, कटहरीका बाबा र पशुपतिनाथ ,हात्तीमुडाको स्वस्तिक र बाँसबारीको चन्द्रशिव चालु अवस्थामा छन् । ११ वटा जुटमिल रहेको मोरङका छ वटा मिल बन्द भइसकेका छन् । महासचिव अधिकारीका अनुसार देशकै पहिलो उद्योग विराटनगर जुट मिल,कटहरीका गुह्येश्वरी,निक्की र सिएम र बाँसबारीको नेपाल जुट मिल हाल पूर्णरुपमा बन्द छन् । सरकारी स्वामित्वको विराटनगर जुटमिल पटक पटक सञ्चालनमा आउँदै बन्द हुँदै ग¥यो । २०७८ देखि यो मिल पूर्ण रुपमा बन्द छ ।
सुनसरीमा अरिहन्त जुटमिल सञ्चालनमा रहेको छ भने सुनसरी खनारको पाथीभरा जुटमिल बन्द रहेको छ । पूर्ण रुपमा सञ्चालन हुँदा सबै जुटलाई आवश्यक पर्ने कच्चा पदार्थ स्वदेशी उत्पादनले धान्ने अवस्था थियो । महासचिव अधिकारीले भन्नुुभयो– ‘जतिबेला किसानले जुट किनीदेउ भनेर सरकारसँग गुहार मागे , त्यसबेला जुटमिलहरू तीन वटा मात्र थिए । ति उद्योग पनि कम क्षमताका थिए । हाल नेपालका जुट मिललाई वार्षिक ७० हजार मेट्रिक टन जुटको आवश्यकता पर्छ । झापा, मोरङ र सुनसरीका किसानले उत्पादन गर्ने जुटले मागको २५ देखि २७ प्रतिशत मात्र धान्ने गरेको छ । मागको ७० देखि ७३ प्रतिशत जुट भारत र वंगलादेशबाट आयात हुने गरेको महासचिव अधिकारीको भनाई छ । हाल मोरङका जुट मिलले १५ हजार श्रमीकलाई प्रत्यक्ष रोजगार दिइरहेको छ ।
ब्यापार तथा निकासी प्रबद्र्धन केन्द्र विराटनगरका सुचना अधिकारी देवराज न्यौपानेका अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा मूल्यका आधारमा निकासी भएका २० प्रमुख बस्तुहरूमा जुट तेस्रो स्थानमा रहेको छ । प्रवद्र्धन केन्द्रको तथ्याङ्क अनुसार गत वर्ष ६ अर्ब २४ करोड ८८ लाख ७२ हजार रुपियाँको १३ करोड २८ लाख ५ हजार ४४० स्क्वाएर मिटर जुटजन्य सामग्री निर्यात भएको थियो ।



Share via
Send this to a friend