
लेटाङ ,२४ भदौ । मोरङको लेटाङ–६ पब्लिक टोलका ३४ वर्षीय विष्णु मगरलाई यति बेला बाँसका घरायसी सामग्री निर्माण गर्न भ्यान नभ्याई छ । दुई सय रुपियाँमा किनेको एक घना बाँसमा सीप भरेपछि विष्णुले १५ हजार रुपियाँ सम्म साट्नु हुन्छ । भनिन्छ– हातमा सीप र मनमा जाँगर भए पैसा कमाउन न बिदेसिनु पर्छ, न ब्यापार वा जागीर नै खानुपर्छ ।
विष्णु होचो कदको हुनुहुन्छ । नेपाल होचा पुड्का सङ्घबाट २०७४ सालमा बाँसका फर्निचर र सजावटका सामग्री बनाउने तालिम लिएपछि उहाँले आफूले सिकेको सीपलाई ब्यवसाय बनाउनु भयो । घर मै बसेर बिहान देखि साँझसम्म उहाँ बाँसमा सीप भर्नु हुन्छ । ग्राकहको माग अनुसारका सामग्री निर्माण गरेर दिनु हुन्छ । माग अनुसार सामग्री निर्माण गर्नु हुने मगरले भन्नुभयो–ग्राहकलाई देखाउन बाहेक धेरै सामग्री बनाएर राखेको छैन् । साउन देखि सुरु हुने विभिन्न संघ संस्थाका साधारण सभा÷सम्मेलनमा पाहुनाहरूलाई उपहार स्वरुप दिइने मायाको चिनोको माग धेरै छ । विष्णुले बाँसबाट कुर्सी , टेवल मात्र होइन। काईयो,धरहरा,घर,पशुपतिनाथ मन्दिर,बिजुलीको बल्व झुण्ड्याउने स्टेण्ड, पुस्तक ¥याक लगायत २५ प्रकार सामग्री निर्माण गर्नुहुन्छ ।
लेटाङ र आसपासका पालिकाहरूमा बाँसका सामग्री बनाउने प्रशिक्षण समेत दिँदै आउनु भएका मगर विभिन्न संघ,संस्थाको नेतृत्वमा हुनुहुन्छ । मगरले भन्नुभयो–खासगरी अपाङ्गता भएका ब्यक्तिहरूको संस्थालाई सहयोग गरिरहेको छु । अपाङ्गता भएका ब्यक्तिमा पनि फरक क्षमता हुन्छ, उहाँहरूलाई सीप सिकाउने र आय आर्जनमा जोड्ने काममा सहजीकरण गरिरहेको छु । ४ दशमलव २ फिट उचाईका विष्णु आफू होचो भएपनि औषत मानिसहरू जस्तै सबै काम गर्न सक्ने बताउनु हुन्छ । हाल मासिक ३० हजार सम्म कमाइ गरिरहनु भएका मगरले पूर्ण रुपमा घरमै बसेर काम गर्न पाए, कमाई दोब्बर हुने बताउनु भयो । बाँसको यो चाँही सामग्री बन्दैन भन्ने छैन । मात्र मेहनत र समयको कुरा हो ।
श्रीमती र एक छोरीका साथ बस्दै आउनु भएका विष्णुले हालसम्म १८ स्थानमा तालिम दिइसक्नु भएको छ । १ महिना तालिम लिएर निरन्तर काम गर्ने हो भने प्लाष्टिकका धेरै भाडाकुँडा बिस्थापित गर्न सकिने विष्णुको भनाई छ । उहाँले थप्नु भयो–हामी पैसा कमाउन बिदेश जान्छौं, पैसा यही छ, मात्र सीपलाई र मेहनतसँग प्रयोग गर्नुपर्छ ।