Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

उर्लाबारी । दक्षिणी मोरङको ग्रामीण क्षेत्रमा सञ्चालन भएका ६ वटा ठूला विकास आयोजना अलपत्र छन् ।
मोरङको सुनवर्षी–१ स्थित मरियाबक्राहा खोलाको पुल २०७२ मा निर्माण हुन थालेको हो । ९ वर्ष पुरा भयो तर, पुल बन्ने छाँट छैन् । संविधानसभा चुनावको बेला देखि सधैं यो पुल चुनावी एजेण्डा बनिरहेको छ ।तत्कालीन मोरङ २ बाट संविधानसभा सदस्य निर्वाचित चण्डीप्रसाद राईले निर्वाचन क्षेत्र विकास कोषको बजेट मार्फत पुल निर्माण सुरु भएको थियोे ।
२०७२ सालमा निर्माण सुरु भएको पुल ९ वर्ष वितिसक्दा पनि बन्न सकेको छैन् । सुनवर्षी १ को केचना र जोगीधाप जोड्ने यो पुल बन्न नसक्दा त्यसक्षेत्रका किसानले सबैभन्दा धेरै सास्ती ब्योहोर्नु परेकोछ । खोला बारीपारी जग्गा हुने किसानले खेतसम्म ट्याक्टर लान ल्याउन ८ किलोमिटर बाटो घुम्नुपर्छ । स्थानीय टीकाराम बस्नेतले भन्नुभयो–४० मिटर लम्बाई र ११ मिटर चौडाईको पुल बन्ने भएपछि हामी खुसी भएका थियौं । तर,८ वर्ष भयो,हाम्रो खुसी हराएको । उहाँले पुल नबन्दा ठूलो सास्ती ब्योहोर्नु परिरहेको बताउनुभयो । बस्नेतले भन्नुभयो – केही दिनअघि पुल निर्माणका लागि कामदार आएका थिए । पुलको भत्किएको भाग टालटुल गरेर कामदार गए । अहिले फेरि काम गर्न आएको जस्तो गरिरहेका छन् ।
३ करोड ८५ लाख रुपियाँमा नीलगिरी कन्ट्रक्सनले निर्माण गर्ने भनिएको पुल ठेकदारको लापर्वाहीले नबनेको स्थानीयको भनाई छ । टीकाराम बस्नेतले भन्नुभयो– ठेकदारले नेताहरूले भनेको पनि मानेका छैनन् । हाम्रै अगाडि धेरै पटक नेताहरूले फोन गर्नुभयो । तर, ठेकदारले टेरेका छैनन् ।
मोरङ २ का प्रतिनिधि सभा सदस्य ऋषिकेश पोख्रेलले भन्नुभयो – मैले पुल निर्माणका लागि १ सय पटक भन्दा बढी निर्माण कम्पनी र आयोजना हेर्ने सरकारी निकायलाई फोन गरेको छु । दुबै निकायलाई घटनास्थलमा लगेर पटक पटक आयोजना सम्पन्न गर्न अनुरोध गरें । गत फागुन मै आयोजना सम्पन्न गर्नुपर्छ भनेर भनेका थियौं । तर,सरकारी निकाय पुल भत्काउनु पर्छ , यसले काम दिँदैन भन्छ । निर्माण कम्पनी करोडौं लगानी भएकोले टालेर भए पनि पुल सञ्चालनमा ल्याउनु पर्छ भनिरहेको छ । सरकार,निर्माण कम्पनी र नियमक निकाय जिम्मेवार र जवाफदेही नभएकोले पुल निर्माण हुन नसकेको सांसद पोख्रेलले बताउनु भयो । हाम्रो काम अनुगमन गर्ने होइन, समस्या देखिएको ठाउँमा सुझाव दिने ,सहजीकरण गर्ने हो । तर, पार लागेको छैन् ।
मोरङ कै रतुवामाई नगरपालिकाको बडा नम्बर ५ र ६ को बिचमा रहेको कट्नु खोलामा निर्माणधीन पुल ६ वर्ष देखि अलपत्र छ । २०७५ सालमा पक्की पुल निर्माणका गर्ने ठेक्का स्काई वाइ माँ जानकी कन्ट्रक्सन जनकपुरले प्राप्त गरेको थियो । ३ करोड ३७ लाख रुपियाँमा ठेक्का लागेको पुल २०७७ को असार मसान्तमा निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने सम्झौता थियो । २५ मिटर लम्बाई र १५ फिट चौडाईको उक्त पुल ५ वर्ष बितिसक्दा पनि अझै बन्न सकेको छैन । वडा नं. ५ को परेवाखोपीबाट वडा नं. ६ को जोरपानी जोड्ने कट्नु खोलामा पहिले पनि पुल थियो । हुँदा छँदाको पुलबाट ओहोरदोहोर भइरहेको थियो ।
पुल कमजोर भयो भनेर तत्कालिन संविधानसभा सदस्य हाल प्रतिनिधिसभा सदस्य ऋषिकेश पोख्रेलले बजेट ब्यवस्थापन गर्नुभयो । नयाँ पुल बनाउने भएपछि स्थानीयमा खुसी छाएको थियो । तर, ५ वर्ष बितिसक्दा पनि पनि पुल नबने पछि स्थानीयलाई सास्ती भएको छ । पुरानो पुलले काम गर्दैन । सडकको दुबै तर्फ भत्काएपछि पुरानो पुल काम नदिने भयो ,नयाँ पुल ठेकदारले बनाएनन् । वडा नं.६ का वडाध्यक्ष तुलाराम लुइटेलले भन्नुभयो – प्रदेश सांसद,सङ्घीय सांसद सबैलाई हार गुहार ग¥यौं । भन्न र गर्न बाँकी केही छैन् । हामीलाई त के सङ्घीय सांसदको कुरा समेत निर्माण कम्पनीले नसुन्दा रहेछन् ।
वडा नम्वर ५ का वडाध्यक्ष सोमबहादुर कार्कीका अनुसार जानकी कन्ट्रक्सनले पेश्की लिएर केही काम गरेपछि जोइन्ड कम्पनीलाई काम गर्न दिएको थियो । जोइन्र्ड कम्पनीले काम सुरु गरेर पैसा माग्दा पेश्की वापत साझेदार कम्पनीले पैसा लगिसकेको देखिएपछि हाल काम गर्ने जिम्मा लिएको कम्पनीले पुरानो कम्पनीलाई मुद्धा दायर गरेको छ । अदालतले मुद्धा फैसला गरेको छैन् । अदालतमा भएको केशलाई पालिकाले निर्णय गरेर केही गर्न सक्दैन् ।कार्कीले मङ्सिर महिनासम्म अदालतको प्रक्रिया कुने त्यसपछि नगरले आफै भएपनि निर्माण प्रक्रिया सुरु गर्ने बताउनु भयो ।
उता रतुवामाई ५ को उलुघुटु पश्चिमको धाद्रा खोलाको पुल अलपत्र भएको पनि ६ वर्ष नाघ्यो । निर्माण कम्पनीले पेटी ठेकदारलाई काम गर्ने जिम्मा दिएपछि आर्थिक लेनदेनमा समस्या उत्पन्न भयो । लेनदेनको विषय अदालतमा पुगेको छ । अदालतको फैसला आएको छैन् । स्थानीय पदमप्रसाद प्रसाईंले भन्नुभयो –अदालतमा मुद्धा परेपछि काम रोकिएको हो । ५ वर्ष पुरा भयो । काम अघि बढेको छैन् ।
यता,ठेकदारलाई सरकारी निकायले दबाब नदिँदा मोरङको कानेपोखरी– ३ र रङ्गेली–९ को सिमानामा ९ वर्ष अघि निर्माण सुरु भएको पचपैनी अझै बनिसकेको छैन ।
तत्कालिन नेपाल सरकारले साविकको दर्वेशा र रङ्गेली गाविसका किसानको खेत खेतमा पानी पु¥याउँने महत्वकांक्षी आयोजनाका रुपमा पचपैनीलाई ब्यवस्थित गर्न सुरु गरेको थियो । तत्कालिन पूर्वाञ्चल सिंचाई डिभिजन कार्यालय २ नं. सुनसरीले टेण्डर लगाएको पैनी याक्थुम एण्ड विपी कन्ट्रक्सन जेभी लाहानले निर्माण गर्ने जिम्मा पाएको थियो । पैनी निर्माणका लागि ६ करोडको लागत इष्टिमेट भएपनि कन्ट्रक्सनले झण्डै ३५ प्रतिशत कम रकममा निर्माण गर्ने गरी कामको जिम्मा लिएको थियो । ३ करोडं ७७ लाख ५४ हजार ८ सय ९७ रुपियाँमा ठेक्का लिएको कम्पनीले उक्त काम २०७१ मङ्सिर २३ मा सुरु गरेर २०७२ माघ २२ गते निर्माण सम्पन्न गरी उपभोक्ता समितिलाई जिम्मा लगाउने सम्झौता भएको थियो । विकास आयोजना अलपत्र
तर कन्ट्रक्सनले विभिन्न बहाना देखाउँदै काम नगर्ने गरेको स्थानीयहरूको भनाई छ । स्थानीय पन्चु चौधरीले भन्नुभयो–रड ल्याएर छोडेको छ , त्यसपछि आएको छैन् । चाँडो पैनी बनिदिए बाढीको समयमा आफू सुरक्षित भएर बस्न पाउने उहाँको भनाई छ । उपभोक्ता समितिका अध्यक्ष सोमप्रसाद घिमिरेले भन्नुभयो–हामी वर्षौं देखि धाइरहेका छौं । राज्यपुनर्संचना भएपछि सरकारी कार्यालयहरूको कार्य क्षेत्र छिन्न भिन्न भयो । हामीले पैनी बनाएर खेतमा पानी लानु पर्ने हो । तर, कहिले सिंचाई डिभिजन ,कहिले जल उत्पन्न धाउँदा धाउँदै हामी थाकिसक्यौं ।
बारम्बार दबाद दिएपछि जल उत्पन्न प्रकोप नियन्त्रण तथा सिचाई विकास डिभिजन कार्यालय विराटनगरले निर्माण कम्पनीलाई पहिलो पटक २०७३ साउन २१ देखि २०७४ असार १५ सम्मका लागि काम गर्न म्याद थप्यो । तर, एक साता जति काम गरे जस्तो गरी फेरि निर्माण कम्पनी सम्पर्क बिहीन बन्यो । सो अबधिमा समेत काम सम्पन्न नगरेपछि पुनः कम्पनीलाई २०७५ असार २५ देखि २०७६ असार २५ सम्म काम सम्पन्न गर्न म्याद थप भयो । बारम्बार समय थप्दा थप्दै ९ वर्ष बितिसकेको छ । तर, किसानको खेतका पानी पुगेको छैन ।
नेपाल सरकारले काम गर्ने जिम्मा लिएर काम नसक्ने निर्माण कम्पनीलाई कारवाही नगर्दा ठेकदारहरूले मनपरि गरेको स्थानीयको बुझाई छ । काम अलपत्र छोडेपनि १ करोड ६८लाख २३ हजार ६ सय ७५ रुपियाँ निर्माण कम्पनीले लगिसकेको छ । उता निर्माण कम्पनी बीपी जेभिका प्रमुख बैजनाथ साहले ५० प्रतिशत काम सम्पन्न गरि सकेको दाबी गर्नुभयो ।
। साविकको बयरवन २ स्थित रातेहोलीको पानी लैजाने पैनीमा बाँध कसेर ओभरफ्लो हुने पानी गेउरिया खोलामा खसाउने र पानी कम भएको बेला किसानको खेतमा पु¥याउने पचपैनी निर्माण नहुँदा १५ घर परिवार बाढीको जोखिमा रहेका छन् ।
कानेपोखरी–रङ्गेली सडकको गेउरिया पुल अलपत्र भएको ८ वर्ष पुग्यो । कछुवाको गतिमा निर्माण भइरहेको पुल २०८१ को बैशाख भित्र निर्माण सम्पन्न गर्ने पछिल्लो योजना थियो । तर, एक साता जति काम गरेर कामदारहरू फेरि समपर्क बिहीन भएका छन् । २०८१ को बैशाखमा काम सपन्न गर्ने भनेर निर्माण कम्पनीले दिएको यो छैटौं बचनवद्धता हो ।
उता रतुवामाई १० को सातमेडी देखि झापा जोड्ने रतुवाखोलाको झोलुङ्गे पुल अलपत्र भएको ६ वर्ष भइसक्यो । सातमेडीबाट केही दक्षिण सोही खोलामा आरसीसी पुल बनिसक्यो तर ,झोलुङ्गे बन्ने छाँट छैन् । ल



Share via
Send this to a friend