कानेपोखरी । माेरङको कानेपोखरी गाउँपालिकाले मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरी आर्थिक वर्ष ०८१÷०८२ मा पारित भएको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनमा कानेपोखरी गाउँपालिकाका प्रवक्ता सुशील बुढाथोकीले चालु आर्थिक वर्षमा ६५ करोड ५७ लाख २५ हजार रुपियाँ आम्दानी हुने जानकारी गराउनु भयो ।
आम्दानी तर्फ सङ्घीय वित्तीय समानीकरण अनुदानबाट १२ करोड ८८ लाख,सङ्घीय सशर्त अनुदान २४ करोड ३९ लाख,,सङ्घीय राजश्व बाँडफाँडबाट १० करोड २६ लाख, सङ्घीय समपुरक अनुदान,१ करोड ५० लाख ,सङ्घीय विशेया अनुदानबाट १ करोड ५० लाख रुपियाँ आम्दानी हुने अनुमान गरिएको छ । यस्तै प्रदेश समानीकरण अनुदान ८१ लाख ३४ हजार ,प्रदेश राजश्व बाँडफाँड५२ लाख २९ हजार । प्रदेश सशर्त अनुदान ५९ लाख २३ हजार , प्रदेश समपुरक अनुदान १ करोड आम्दानी हुने अनुमान गरिएको छ । यस्तै आन्तरक आम्दानी तर्फ घरजग्गा रजिष्ट्रेसबाट १ करोड ५० लाख,वडाबाट २ करोड,खोला ठेक्काबाट २ करोड,बैंक मौज्दात र अल्या ७ करोड आम्दानी हुने अनुमान गरिएको छ । यस्तै खर्च तर्फ चालु खर्चमा ८ करोड १ लाख र पुँजीगत खर्चमा पूर्वाधारमा ३ करोड ९६ लाख ,आर्थिक विकासमा १ करोड ३७ लाख ५० हजार ,शिक्षा तथा सामाजिक विकास तर्फ ५ करोड २१ लाख ९६ हजार ४५ रुपियाँ खर्च हुने अनुमान गरिएको छ । यसैगरी बन वातावरण तथा विपद् ब्यवस्थापनमा १ करोड १६ लाख,संस्कृति प्रवद्र्धनमा ३३ लाख,पञ्जिकरण तथा सामाजिक सुरक्षामा सशर्त बाहेक ५ लाख ७५ हजार ,संस्थागत विकासमा १ करोड १३ लाख र भूमि ब्यवस्थापनमा ४६ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।
प्राथमिकतामा के के परे ?
पालिकाले २५ प्रतिशत अनुदानमा धान काट्ने मेसिन खरिदका लागि २० लाख रुपियाँ विनियोजन गरेको छ । यस्तै चालु आव देखि किसानले सिंचाईका लागि जोडेका विद्युत मिटरमा उठ्ने महसुल पालिकाले भुक्तान गरिदिने भएको छ । जुन कार्यक्रमका लागि १० लाख रुपियाँ छुट्याइएको छ । नयाँ माछापोखरी खन्ने किसानलाई दिने ५० प्रतिशत अनुदानको कार्यक्रमलाई निरन्तरता दिइएको छ भने बालि वीमाको कार्यक्रमका लागि ३ लाख रुपियाँ छुट्याइएको छ । यस्तै कृषि चुन वितरणका लागि १० लाख रुपियाँ जैविक विषादी उत्पादनका लागि ३ लाख रुपियाँ ,सुरक्षित आवासका कार्यक्रमका लागि ५० लाख रुपियाँ र नागरिक आवास निर्माण का लागि १ करोड रुपियाँ विनियोजन गरिएको छ । चालु वर्ष देखि विद्यालयका प्रअलाई सञ्चार खर्च दिइने भएको छ । जसका लागि ३ लाख रुपियाँ विनियोजन गरिएको छ । एसइइ दिने विद्यार्थीलाई निशुल्क अतिरिक्त कक्षा सञ्चालनका लागि पालिकाले ५ लाख रुपियाँ छुट्याएको छ ।
पुराना कार्यक्रमलाई निरन्तरता
पालिकाले अधिकांश पुराना कार्यक्रमलाई निरन्तरता दिने भएको छ । निशुल्क शिक्षा,पालिकाको ईच्छा ।प्राविधिक विद्यामा रोजगारी कानेपोखरीका छोरा छोरी। सासुको ईच्छा बुहारीलाई शिक्षा । अति विपन्न परिवारका सदस्यको मृत्यु संस्कारमा आर्थिक सहयोग,छात्रासँग अध्यक्ष जस्ता कार्यक्रमले निरन्तरता पाएका छन् । यस्तै पालिकाले यसै वर्ष देखि विपन्न परिवार भित्रका ग वर्गका अपाङ्गता भएका ब्यक्तिलाई मासिक १ हजार रुपियाँ भत्ता दिने ब्यवस्था सुरु गर्ने भएको छ ।
गाउँपालिका अध्यक्ष राजमति इङ्नामको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकारले सोधको प्रश्नको अध्यक्ष इङ्नाम,प्रवक्ता बुढाथोकी र प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले जवाफ दिनुभयो ।

























