उर्लाबारी । उर्लाबारी उद्योग वाणिज्य संघकाे भदौ ९ गते हुने निर्वाचनमा स्वतन्त्र उमेदवारहरू घरदैलोमा जुटेका छन् ।शुक्रबार बिहान उर्लाबारीकाे चिउरा मिलबाट सुरु भएको मतदाता भेटघाट कार्यक्रममा अध्यक्षका उमेदवार विनाेद न्याैपाने र वरिष्ठ उपाध्यक्षका उमेदवार ज्ञानकुमार श्रेष्ठ (ज्ञानु ) लाई स्थानीय उद्योगी ब्यापारीकाे भरपुर समर्थन रहेकाे छ। मतदाता भेटघाट कार्यक्रममा पुर्व अध्यक्षहरू कल्याण राजभण्डारी ,केशवबहादुर कार्की,तेजकुमार रिजाल प्रीतम खड्गी सँगसँगै रहेका छन् ।त्यतिमात्र हाेइन ,उर्लाबारी क्षेत्रका प्रतिष्ठित ब्यापारी ,उद्योगी,राजनीतिकर्मी,दलका नेताहरू ,खेलाडी र सर्वसाधारणकाे सहभागीता रहेको छ । 
आफ्नो एजेन्डामा अडिग रहेका उमेदवार द्वय न्याैपाने र श्रेष्ठले सामाजिक संघ संस्थालाई दलकाे घेराबन्दीबाट बाहिर निकाल्न सके सबै ब्यापारी ,उद्योगीकाे साझामञ्च बनाउन सकिने बताउँदै आएका छन् ।भदौ ८ गते उद्घाटन हुने संघकाे ३६ साधारणसभा संघको कार्यालयमा हुँदैछ ।१२१२ जना सदस्य रहेको वाणिज्य संघकाे ३ वर्षे कार्यकालका लागि १६ पदमा ३४ जनाकाे उमेदवारी रहेको छ ।

























