Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

बेलबारी । बेलबारी बहुमुखी क्याम्पसको विपन्न वर्ग शैक्षिक उत्थान छात्रवृत्ति अक्षय कोषमा मोरङको बेलबारीबाट प्रकाशित हुने कछुवा दैनिकका प्रकाशक टङ्क चम्लागाईले २५ हजार रुपियाँ जम्मा गर्नुभएको छ ।
स्वर्गीय बुबा नरपति चम्लागाईको स्मृतिमा आफ्नो जन्मदिन पारेर क्याम्पसको अक्षयकोषमा आर्थिक सहयोग गरेको चम्लागाईले बताउनुभयो । क्याम्पसले भदौ १५ गते शनिवार आयोजना गरेको वृहत् शैक्षिक छलफल कार्यक्रममा चम्लागाईले क्याम्पसका कोषाध्यक्ष पर्शुराम सुबेदीलाई २५ हजार रुपियाँको चेक हस्तान्तरण गर्नुभयो ।



Share via
Send this to a friend