Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

रङ्गेली । मोरङ जिल्लाको रङ्गेली –९ दोहमनास्थित जिल्ला कै सबैभन्दा पुरानो दोहमना बजार समयमा स्तरोन्नति नहुँदा ब्यापारीहरूको आकर्षण घटेको छ । भतकाएर लथालिङ्ग भएको २ वर्ष बित्न लाग्दा पनि पक्की संचरना नबनेपछि ब्यापारीहरू पुन नफर्केलान भन्ने चिन्ता समेत बढेको छ ।
सङ्घीय सरकारको शहरी विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागको ३७ करोड २० लाख ९७ हजार २०८ रुपियाँ ८१ पैसामा निर्माण हुने गरी २०७९ साल फागुन २६ गते निर्माण सुरु भएको बजारका घर टहरा २०८१ को भदौ ५ गते निर्माण सम्पन्न हुनुपर्ने थियो । सम्झौता अनुसारको समय ब्यथित भइसक्दा पनि खरिढुङ्गा सफल जेभी काठमाडौंले ५५ प्रतिशत मात्र काम सम्पन्न गरेको छ । निर्माण कम्पनीका इन्जिनीय रोशन बरालले भन्नुभयो–भौतिक प्रगती मात्र होइन । बित्तीय प्रगति पनि ५१ प्रतिशत मात्रै छ । नगरपालिकाले समयमा साइड खाली नगरिदिएकोले काम ढिलो गरी सुरु भयो । त्यसैले अब म्याद थपको प्रक्रियामा छौं । आगामी चैत सम्ममा काम सम्पन्न गर्ने गरी म्याद थपगर्ने र सोही अनुसार काम सक्ने बरालले बताउनु भयो ।
नगर कै मेघा प्रोजेक्टका रुप रहेको दोहमना बजारको स्तरोन्नति गर्ने कार्यक्रम स्वीकृत भएपछि सुरु मै बिबाद भयो । त्यहाँ रहेका २ सय वर्ष पुराना बर र पिपलका रुख काट्न स्थानीयबाट अबरोध भयो । बिबाद समाधान गर्न केही समय लागेकोले काम सुरु गर्न ढिलो भएको सोही वडाका वडाध्यक्ष चुडामणि रेग्मीले बताउनु भयो । रेग्मीका अनुसार ३ बिघा १५ कट्ठा बजारको जग्गा मध्ये २ बिघामा बजारको स्तरोन्नति भइरहेको छ । २ बिघा जग्गा भित्र ७२ वटा सटर, ९ वटा आधुनिक घर भित्र १०८ वटा पसल राख्न सकिने कोठा र दुई वटा शौचालल निर्माण भइरहेका छन् । खुल्ला आकास मुनि लाग्दै आएको ६० वर्ष पुरानो पशुहाटको स्तरोन्नति सङ्घीय पशुपन्छी मन्त्रालयले गरेपछि बजारको स्तरोन्नतिका लागि शहरी विकास मन्त्रालयले सहयोग गरेको वडाध्यक्ष रेग्मीले बताउनु भयो ।
रेग्मीका अनुसार दोहमनामा गुद्री बजार कहिलेबाट सुरु भयो भन्ने अभिलेख छैन् । रेग्मीले भन्नुभयो – स्थानीय नब्बे पञ्चान्ब्बे वर्षका वृद्धहरूले उसबेला पनि दोहमना बजारमा भारत देखि बयलगाढामा चिनी, नून, मट्टितेल ल्याएर बिक्री गर्ने गरेको इतिहास सुन्दै आएका छौं ।
रङ्गेलीबाट ५ किमी उत्तरमा रहेको दोहमना बजार नगरकै सबैभन्दा ठूलो आम्दानीको स्रोत भएको रङ्गेली नगरपालिकाका प्रमुख दिलिपकुमार अग्रवालले बताउन्ु भयो । उहाँले नगरको गौरवको आयोजना भएकोले ढिलो भएपनि राम्रो र गुणस्तरीय हुने बताउनु भयो । नगरप्रमुख अग्रवालले गत वर्ष ६० लाख रुपियाँमा बजार ठेक्का लागेको समेत जानकारी दिनुभयो । सम्पूर्ण पूर्वाधार निर्माण भएपछि नगरको आन्तरिक आम्दानी वृद्धि हुने उहाँको भनाई छ ।
यता ब्यावसायीहरूले भने २ वर्षदेखि हिलोमा पसल गरिरहनु पर्दा दोहमना बजारको आकर्षण नै घट्ने हो कि भन्ने चिन्ता गरिहेका छन् । ब्यापारी कृष्ण साहले भन्नुभयो – सडक भत्किएको छ । ब्यापार गर्ने ठाउँसम्म ग्राहक पुग्न सक्दैनन् । बन्छ ,भनेर कुर्दा कुदै २ वर्ष बित्न लाग्यो । उहाँले बजार लथालिङ्ग हुँदा पुराना ब्यापारी बजारमा आउन छोडेको बताउनु भयो ।



Share via
Send this to a friend