Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

पथरीशनिश्चरे । मोरङको पथरी –११ फुटबल क्लब यतिबेला तेस्रो पटक सरेको मितिमा पथरीशनिश्चरे गोल्डकपको आयोजना गर्न जुटेको छ ।
स्रोत सुनिश्चित नभएपछि यसअघि दुईपटक मिति सरेको गोल्डकप आगामी असोज ५ गते देखि आयोजना गर्ने तयारी भइरहेको छ । यतिबेला पथरीशनिश्चरे १ को जाँतेमोडस्थित प्रस्तावित रङ्गशालामा धमाधम अस्थायी प्याराफिट भइरहेकको छ । दैनिक ३ हजार दर्शकले फुटबल हेर्न सक्ने क्षमताको बाँसको प्याराफिट निर्माण भइरहेको खेल संयोजक जितन राईले बताउनु भयो । प्याराफिट बनाउन ठेक्का दिइसक्यौं । आधा भन्दा बढी काम सम्पन्न भइसकेको छ । त्यसकारण अब गोल्डकप जसरी पनि आयोजना हुन्छ ।
झण्डै चालिस लाख रुपियाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि पथरीशनिश्चरेबाट बैदेशिक रोजगारमा विभिन्न देश पुगेका फुटबल प्रेमीहरूले सहयोग गरिरहनु भएको छ । तीनै तहका सरकारलाई सहयोगको लागि आह्वान ग¥यौं । सहयोग प्राप्त हुने सुनिश्चित नभएपछि जसरी पनि प्रतियोगिता सफल पार्नु पर्छ भनेर हामी लागेका छौं । ,क्लवका अध्यक्ष सुमन विकले भन्नुभयो । कुनै पनि खेल आयोजना गर्दा को खुसी हुन्छ , वा हुँदैन त्यो विषयसँग सरोकार नराखी हामी अघि बढेका छौं । सहयोग जुट्ने क्रम जारी छ । क्लवको लोगो अङ्कित टिसर्ट पनि सहयोगीहरूका लागि प्रदान गरिरहेका छौं । हात थापेर फुटबल आयोजना गराउनु पर्ने बाध्यता रहेको खेल संयोजक जितन राईको भनाई छ । राईले प्रथम पुरस्कार राशि ३ लाख रुपियाँ सिजल एण्ड सिस्टर अमेरिकाले सौजन्य गरेको र दोस्रो पुरस्कार राशि २ लाख पनि सौजन्यको चरणमा रहेको बताउनु भयो । त्यस्तै उत्कृष्ठ गोल रक्षकका लागि १० हजारको पुरस्कार राशि पनि सौजन्य भएको छ ।
ए डिभिजन राष्ट्रिय लिग खेल्ने दुई वटा टिम, भारतीय एउटा र झापा –११, पाँचथर,सहलेस फुटबल क्लव सिराहा,धनकुटा , धरान र आयोजक क्लबले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । आन्तरिक खर्च शुन्य बनाएर दाताले दिएको सहयोग सबै खेलमा लगानी गर्ने आयोजकहरूको भनाई छ । अहिले सम्म एक कप चियासम्म क्लबको पैसाले पिएका छैनौं । खेल प्रति माया गर्नेहरूले देखाउनु भएको सद्भाव टुट्न नदिने आयोजकको भनाई छ ।



Share via
Send this to a friend