Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

पथरीशनिश्चरे । उद्घाटन खेलमा २–१ गोलको नतिजा निकाल्दै आयोजक पथरी ११ फुटबल क्लव मोरङको पथरीशनिश्चरेमा शनिवार सुरु भएको  अन्तराष्ट्रिय अामन्त्रण इन्ट्रा पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।
पथरीले पाँचथर फुटबल क्लवलाई उद्घाटन खेलमा पराजित गरेको हो ।
पथरीका सनम धिमालले खेलको ४१ औं मिनेट पहिलो गोल गरे । तर, पथरीले १–० को अग्रता एक मिनेट पनि टिकाउन सकेन । ४२ औं मिनेटमा पाँचथरका सुशील लिम्बूले उत्कृष्ठ गोल गर्दै पथरीको घरेलु मैदानमा खेल बराबरीमा पु¥याए । ५७ औं मिनेटमा पथरीका सनम धिमालले अर्को गोल थप्दै अग्रता दोब्बर बनाए । उनको दोस्रो गोल नै उद्घाटन खेलको निर्णायक गोल बन्यो ।
उद्घाटन खेलको म्यान अफ द म्याच पथरीलाई सेमीफाइनलमा पु¥याउँने सनम धिमाल घोषित भए । सनमलाई नगद ५ हजार सहित ट्रफि प्रदान गरिएको छ ।
आइतबार सुनसरीको धरान सिटी र झापा –११ बिच दोस्रो खेल हुनेछ ।
पथरी रङ्गशालामा भइरहेको प्रतियोगिताका विजेताले ३ लाख नगद र गोल्ड कप र उप विजेताले २ लाख नगद र ट्रफि प्राप्त गर्नेछन् । प्रतियोगितामा भारतको एउटा सहित राष्ट्रिय लिग खेल्ने विग्रेड ब्वाइज , सङ्कटा क्लव लगायतका टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
यसअघि आज नै पथरीशनिश्चरेका नगर प्रमुख मोहनप्रसाद तुम्वापोले खेलको उद्घाटन गर्नु भएको थियो ।



Share via
Send this to a friend