Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

इनरुवा । कोशी प्रदेशका ठूला २८ वटा सहकारी संस्थाले गत आर्थिक वर्षमा सरकारको राजश्वमा ३० करोड ९१ लाख ६ हजार १ रुपियाँको योगदान गरेका छन् ।
कोशी प्रदेशको नियमन क्षेत्रका १ हजार ७७ सहकारी संस्था मध्ये झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. सबैभन्दा ठूलो कारोवार गर्ने सहकारी संस्था हो । कोशी प्रदेश सरकारको कृषि उद्योग तथा सहकारी मन्त्रालयका उद्योग तथा सहकारी महाशाखा प्रमुख उप सचिव लक्ष्मी आचार्यका अनुसार साहारा नेपालको गत आवमा सम्पत्ति तथा दायित्व १५ अर्व ४८ करोड २९ लाख ८२ हजार ७२९ रुपियाँ रहेको थियो । उप सचिव आचार्यले सहकारी संस्थाले आयकर,ब्याज कर,लाभांश कर ,घरबहाल कर,मूल्य अभिवृद्धि कर, अन्तशुल्क कर, सामाजिक सुरक्षा कर र साधारणसभा तथा बैठक भत्ता कर तिर्ने गर्छन् । गाउँपालिकाका सहकारी संस्थाले आय कर तिर्नुपर्दैन । त्यस्तै महानगर, उप महानगर र नगरका सहकारीलाई आय करको दर फरक फरक तोकिएको छ ।
सर्वाधिक कर तिर्ने २८ सहकारी संस्थामा १६ वटा झापा जिल्लाका छन् । झापाका साहारानेपाल बचत ऋण,नेपाल बहुदेश्यीय,कर्णाली बचत ऋण,सूर्यदर्शन बचत ऋण, सिम्रिक बचत ऋण,हाम्रो नेपाल बचत ऋण र स्वर्णलक्ष्मी बचत ऋण सहकारी संस्था रहेका छन् । यस्तै मेची बहुउदेश्यी, पूर्वनेपाल बहुउदेश्यी,नवोदय वहुउदेश्यीय,स्वरोजगार भवानी बचत ऋण,राष्ट्रिय बहुमुखी,सतासी बहुउदेश्यीय, शुभलक्ष्मी वहुदेश्यीय ,डाँफे बचत ऋण, मेचीनगर बचत ऋण सहकारी संस्था सर्वाधिक कर तिर्ने सूचीमा रहेका छन् ।
मोरङका रमाइलोजनएकता बचत ऋण,सुदर्शन बचत ऋण, एकिकृत जनभावना बचत ऋण,मनकामना बचत ऋण,कनकलक्ष्मी बचत ऋण र स्टार बहुदेश्यीय सहकारी सर्वाधिक कर तिर्ने सूचीमा छन् । यसैगरी सुनसरीका दुर्गा बचत ऋण,किसान कल्याण बचत ऋण , महिला कल्याण बचत ऋण, रामधुनी बचत ऋण , पूर्वाञ्चल बचत ऋण र सेवा बचत ऋण सहकारी सर्वाधिक कर तिर्ने सूचीमा छन् । मन्त्रालयका उप सचिव लक्ष्मी आचार्यले भन्नुभयो – सहकारीले सबै बिगारको मात्र छैन् । सहकारी स्वनियमनमा सञ्चालन हुने संस्था भएकोले केहीले बाटो बिराएका छन् । मन्त्रालय र प्रदेश रजिष्ट्रार कार्यालयले निरन्तर अनुगमन र नियमन गरिरहेको छ । डिभिजन सहकारी कार्यालय विगठन भएपछि लामो समय कानूनको अभावमा सहकारी संस्था अभिभावक बिहीन भएको उहाँको भनाई छ । अहिले धेरै सुध्रिएको आचार्यले बताउनु भयो ।
सर्वाधिक कर तिर्ने भित्र परेका दुई वटा सहकारी संस्थामा रकम हिनामिनाको उजुरी परेकोले महाशाखा र प्रदेश रजिष्ट्रार कार्यालयले छानविन गरिरहेको छ । विर्तामोडको स्वरोजगार भवानी बचत ऋण र कमल गाउँपालिकाको पूर्वनेपाल बहुदेश्यीय सहकारीमा क्रमसः श्रीप्रसाद निरौला र लक्ष्मी सापकोटाको विज्ञ टोलीले छानविन गरिरहेको छ । यस्तै संस्थाको रकम हिनामिना गरी रकम अपचलन गर्ने सात मध्ये ६ वटा सहकारी विरुद्ध मुद्धा दायर भएको छ । खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाको लालुपाते बहुदेश्यीय सहकारी संस्थाको १३ करोड अपचलन भएकोमा अपचलन गर्नेले पैसा तिर्ने भनेपछि मिलापत्र गरिएको छ । ६१ करोड अपचलन गर्ने सुनसरीको अम्बे बचत,८० लाख अपचलन गर्ने ओखलढुङ्गाको ककनीगैह्री कृषि सहकारी,झुम्का सुनसरीको ५ करोड अपचलन गर्ने निर्धन उत्थान ग्रामीण बचत,झापा बुद्धशान्तिको ५ करोड अपचलन गर्ने जयपुर बहुमुखी,२ करोड अपचलन गर्ने झापा भद्रपुरको शुभसाइत बचत ऋण र इलाम सन्दकपुरको ४२ लाख अपचलन गर्ने सानीमाई चिया उत्पादक सहकारी विरुद्ध सम्बन्धित जिल्ला अदालतमा मुद्धा दायर भएको छ ।



Share via
Send this to a friend