Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

बेलबारी । झापा ११ फुटबल क्लव ,भोजपुर फुटबल क्लवलाई ३–० ले हराउँदै बेलबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण सातौं बेलबारी आरजु राइस गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
झापाको जितका लागि निरज कार्कीले १ गोल र प्रदीप बुढाथोकीले २ गोल गर्नुभयो । खेल सुरु भएको पहिलो मिनेटमै झापाका निरज कार्कीले भोजपुर बिरुद्ध गोल गर्नुभयो । निरजले पोष्टमा प्रहार गरेको बल भोजपुरका खेलाडी सन्जय लिम्बूले गोललाइनबाट ब्याक पास गरेर उत्कृष्ठ बचाउ गर्नुभएको थियो । तर, उक्त बललाई निरजले नियन्त्रणमा लिई सिँधै गोलपोष्टको जालि चुमाउनु भयो ।
मध्यान्तर अघि १–० ले अग्रता कायम गरेको झापाले ७५ ओैं मिनेटमा १ गोल थप्यो । झापाका प्रदीप बुढाथोकीले मैदानको मध्यभागबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो । अतिरिक्त समयमा झापाका प्रदीप बुढाथोकीले थप १ गोल गर्दै टिमको सेमिफाइनल यात्रा तय गराउनु भयो ।
आइतबारको खेलमा झापाका निरज कार्की म्यान अफ द म्याच घोषित हुनुभयो । उहाँलाई शिवसतासी नगरपालिका झापाका नगर प्रमुख रोशन थोप्राले नगद ५ हजार र ट्रफि प्रदान गर्नुभयो । सोमबार चित्लाङ फुटबल क्लव काठमाडौं र राजारानी फुटबल क्लव धनकुटा बिच खेल हुनेछ ।
प्रतियोगिताका विजेताले ८ लाख नगद र गोल्ड कप र उप विजेताले ५ लाख नगद र ट्रफि सहित प्रमाण पत्र र मेडल पाउनेछन् ।



Share via
Send this to a friend